role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

Mardi Base Camp Trekking

मर्दी बेसक्याम्प पदयात्रा
प्रकृतिको सुन्दर नगरी पोखरा उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने मर्दी बेसक्याम्प पदयात्रा एउटा उत्कृष्ट गन्तव्यस्थल रहेको छ । पहिला मर्दी हिमाल आरोहण गर्न जानेहरुका लागि मात्र आकर्षित गन्तव्य रहेको यो क्षेत्र आजभोली सम्पूर्ण स्वदेशी तथा विदेशी हरुको लागि हमत्वपूर्ण छनौटमा पर्ने गरेको छ । अगष्ट देखि नोभेम्वरसम्म यो क्षेत्रमा पदयात्रा गर्नेहरुको ठूलो भिड लाग्ने गरेको छ । संसारभरिबाट पदयात्रा गर्न आउने पदयात्रीहरुको लागि मात्र नभै आजभोली मर्दी बेसक्याम्प सम्मको पदयात्रा गर्न नेपाली युवायुवतीहरुको समेत मुख्य छनौटमा पर्न गएको छ ।
पोखरा देखि अत्यन्त निकट र रोमाञ्चकारी गन्तव्य स्थल भएको कारणले मुख्य सिजनमा पदयात्रीहरुलाई खानपान र बसोबासको व्यवस्थापन गर्न होटल व्यवसायीहरुलाई हम्मे हम्मे पर्न थालेको देखिन्छ । विभिन्न गाउँबस्तीहरु,उकाली ओराली, बन र ठाँटी, घनाजंगल, नाङ्गोडाँडा, विशाल अन्नपूर्ण, माछापुच्छ्रे, हिमचुली, मर्दी लगायतका हिमालहरुको चित्ताकर्षण दृष्यहरुले गर्दा यस क्षेत्रको पदयात्रा अत्यन्त रमणीय हुने गर्दछ । शहरबाट नजिकै छुट्टै परिवेश र वातावरणको अनुभव गर्न पाईन्छ यस पदयात्रा क्षेत्रमा ।
मर्दी बेसक्याम्प पदयात्राका लागि पोखराबाट बस, टेक्सी, मोटरसाईकलबाट काँडे पुग्ने र काँडेबाट पदयात्रा गरी ठूलाखर्क (अष्ट्रेलियन क्याम्प), पोथना, पितम देउराली ,फरेष्ट क्याम्प, लो क्याम्प, हाई क्याम्प हुदै मर्दी बेसक्याम्प पुग्न सकिन्छ भने अर्को बाटो पोखरा देखि बस, टेक्सी, मोटरसाईकलबाट हेमजा,मिलनचोक, मर्दीखोला, ल्वाङ्ग,घलेल, सिदिङ्ग हुदै पनि पुग्न सकिन्छ । पोखरा, धम्पुस, पोथना, पितम देउरालीबाट जानपनि उत्तिकै रमाईलो हुन्छ । यस पदयात्रा क्षेत्रमा उत्कृष्ट स्तरका पर्यटकिय लज, होटलहरु रहेका छन् जहा आफ्नो चाहना अनुसारको परिकारहरु खान पाईन्छ । लोक्याम्प, हाईक्याम्प पुगेपछि पानीको अलि अभाव रहेकोले पदयात्रीहरुले यसमा अलि सतर्कता अपनाउनु पर्ने देखिन्छ । सबै ठाउमा पहुच नपुगेपनि यस क्षेत्रका धेरै ठाउँमा मोबाईल फोन र इन्टरनेटको सुबिधा समेत उपयोग गर्न सकिन्छ । सामान्यतया यस क्षेत्रको पदयात्रा चार पाँच दिनमा पुरा गर्न सकिन्छ ।
करिब ४५०० मिटरको उचाईमा रहेको मर्दी बेसक्याम्प सम्म पदयात्रा गर्न कठिन भएमा ३५८० मिटर उचाईमा रहेको हाइक्याम्प वा अलिमाथी ४२०० मिटरमा रहेको लोभ्यूप्वाईन्ट सम्म पुगेर पनि पदयात्राको राम्रो अनुभव गर्न सकिन्छ ।
अक्टोवर, नोभेम्वरमा पदयात्रा गर्न चाहने पदयात्रीहरुले पर्यटकहरुको चापलाई ध्यानमा राखि अग्रिम बुकिङ्ग गरेर मात्र जानु उपयुक्त देखिन्छ । सहज र सुविधाका लागि ट्रेकिङ्ग एजेन्सिज मार्फत गाइडहरुको पनि सुविधा लिन सकिन्छ ।

 

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *