role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखरामा हस्तकला

पोखरामा हस्तकला
रामकली खड्का
आयोजना प्रमुख, महिला सीप विकास आयोजना, सिर्जनाचोक, पोखरा
श्रोत : स्वर्ण जयन्ती स्मारिका, पोउवासंघ,२०६१
पोखरामा हस्तकलाको अवस्थाको बारेमा चर्चा गर्नुपूर्व यहाँको भौगोलिक तथा सामाजिक बनोट एवं अन्य निम्न विषयमा छोटो प्रस्तुति सान्दर्भिक देखी केहि जानकारी प्रस्तुत गर्दछु ।
दक्षिण पूर्व एसियाको विकास मूलक चीन र भारतको बीचमा अवस्थित नेपाल एउटा स्वतन्त्र अस्तित्व एवं आफ्नै प्रकारको गौरवमय इतिहास बोकेको देश हो । विश्वका अनेकौँ जटिल परिस्थितिमा पनि कसैको उपनिवेश नरही आफ्नै सार्वभौमसत्तासम्पन्न अस्तित्व बोकेको यो हाम्रो देश नेपाल हो । हिमाल, पहाड र तराईको संगम रहेको यो देशको क्षेत्रफल एक लाख ४७ हजार एक सय ४१ वर्ग किलोमिटर रहेको छ । यहाँको जनसंख्या करिब २.५ करोड छ भने पुरुषको तुलनामा स्त्रीको अनुपात केहि बढी रहेको छ ।
नेपालको भौगोलिक विभाजनमा पाँच विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्लामध्ये पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने कास्की जिल्लाको सदरमुकाम एवं पश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख केन्द्र पोखराको आफ्नै प्रकारको पहिचान र महत्व रहेको पाइन्छ । पोखरा नेपालको मात्र नभई विश्वकै पर्यटकिय महत्व एवं आकर्षण भएको सहर हो । नेपालकै दोश्रो राजधानीको रुपमा लिइने पोखरा सहर प्राकृतिक सौन्दर्यताले भरिएको पाइन्छ । यहाँको प्राकृतिक सौन्दर्यका रुपमा हामीले पोखराको उत्तरतर्फ चाँदीझै टल्कने माछापुच्छे्र अन्नपूर्ण तथा धौलागिरी हिमाल, पोखराको पश्चिमतर्फ रहेको फेवाताल, मध्य भागबाट लुकामारी गर्दै बग्ने सेतीगण्डकी, महेन्द्र गुफा, चमेरा गुफा, विन्ध्यवासिनी मन्दिर, बाराही मन्दिर, भद्रकाली मन्दिर, विश्वशान्ति स्तूप र विभिन्न गुम्बाहरु एवं पातले छांगो र पोखराको पूर्वतर्फ रहेको बेगनास, रुपालगायतका सातवटा आकर्षक ताल एवं अन्य हरियाली पहाडी शृङ्खलालाई लिन सकिन्छ । यिनै मनोरम दृश्यको रसास्वादन गर्न हरेक साल यहाँ लाखौँ स्वदेशी एवं विदेशी पर्यटकहरु आउने गर्दछन् । उनीहरुलाई पटक पटक आइरहन यी मनोरम प्राकृतिक छटाहरुले मात्र नभई हामी पोखरावासीले आफ्नो व्यवहार र हस्तकला उत्पादनले पनि लोभ्याउनुपर्ने आवश्यकता छ ।
पोखराको भौगोलिक बनावट
पोखरा उपत्यकाको भौगोलिक बनावटलाई हेर्दा ८३ ५८ ३० पूर्वी देशान्तरदेखी ८० ०२ ३० पूर्वी देशान्तर तथा २८ १० उत्तरदेखी २८ १६ उत्तरी अक्षांशमा फैलिएको छ । पोखरा उपत्यकाको क्षेत्रफल एक सय २३ वर्ग किलोमिटर छ भने पोखरा उप महानगरपालिकाको क्षेत्रफल ५५.६ वर्ग किलोमिटर रहेको पाइन्छ । महाभारत पहाड तथा हिमाली शृङखलाको बीचमा अवस्थित यो सहर वास्तवमा विश्वमै सुन्दर सहरको रुपमा चिनिन्छ । पोखरा उपत्यका समुद्र सतहबाट ६ सय २७ मिटरदेखी ९ सय ८० मिटर उचाइमा रहेको छ ।
यहाँको हावापानीलाई हेर्दा समशीतोष्ण प्रकारको छ । जाडोमा न्यानो र गर्मीमा सामान्य उष्णता भए पनि ज्यादै नै सन्तुलित रहेको पाइन्छ । यहाँको तापक्रम छ डिग्री सेन्टिगे्रटदेखी अधिकतम ३१ डिग्री सेन्टिगे्रटसम्म पुग्दछ । पोखरामा बार्षिक बर्षा तीन हजार आठ सय ८० मिलिलिटर रहन्छ । पोखरा नेपालको सबैभन्दा बढी पानी पर्ने स्थान हो ।
पोखरा उपमहानगरपालिकाको विगतको अवस्था हेर्दा २०१६ सालमा नगरपालिका गठन भए तापनि २०१७ सालमा पञ्चायती व्यवस्थाअन्र्तगत पोखरा नगर पञ्चायत कायम थियो र २०४६ सालमा प्रजातन्त्र प्राप्तपछि पोखरा उपमहानगरपालिका गठन भई विभिन्न १८ वटा वडामा विभाजन भएको पाइन्छ । पोखरा उपमहानगरपालिकाको जनसंख्या सन् २००१ कोे जनगणनाअनुसार एक लाख ५६ हजार तीन सय १२ र सन् २००४ सम्मको अनुमानित जनसंख्या एक लाख ९३ हजार ६ सय ९६ पुगेको अनुमान गरिएको छ । यहाँ विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको पाइन्छ । परिवारको अकार ४.१९ जना छ भने जनघनत्व २३८०.७१ प्रति वर्ग किलोमिटर रहेको छ । वार्षिक जनसंख्या वृद्धिदर ७.४१ छ भने घरधुरी संख्या ३७ हजार तीन सय पाँच रहेको छ । घरेलु तथा साना उद्योगको संख्या एक हजार चार सय ४२ र उद्योगमा रोजगारीको संख्या १० हजार नौ सय ८८ जना रहेको पाइन्छ । साक्षरताको अवस्था ७१.०९% छ, जसमा महिला ६१.५% र पुरुष ८३% रहेको पाइन्छ ।
हस्तकलाको परिभाषा
कलाकारको व्यापारीक सामान उत्पादन गर्न सक्ने क्षमता मानवीय दक्षताको सिर्जनात्मक तथा रचनात्मक कार्यकुशलतालाई हस्तकला भनिन्छ । हस्तकलाको सारतत्व निम्न बुँदाबाट लिन सकिन्छ ।
    हातले तयार गरिएका उत्पादित सामानहरु
    हाते यन्त्रबाट उत्पादित सामानहरु
    हात वा खुट्टाको सहयोगमा चल्ने मेसिन प्रयोग गरी उत्पादित सामानहरु
    उपरोक्त सबै प्रक्रियाको संयोजनबाट उत्पादित सामानहरु
नेपालमा हस्तकला विकासको ऐतिहासिक पृष्ठभूमि
हस्तकला विकासको इतिहास निकै लामो पाइन्छ । विश्वमै धनी पनि छ । काठ, धातु र ढुंगाको प्रयोगमा तयार गरिएको काष्ठकला, वस्तुकला, मूर्तिकलाको अनुपम उदाहरणसहित मन्दिर, दरबार पुराना घरहरु कलाकारहरुले आफ्नो भावि पुस्तालाई उदाहरणसहितको शिक्षा दिएर छाडेका छन् । १३ औं शताब्दीमा नेपाली हस्तकलाका कलाकार अरनिको तिब्बत र चीनमा पुगेर आफ्नो राष्ट्रको पहिचान र प्रतिष्ठा बढाएको इतिहासमा पाइन्छ । नेपालीहरु अझै हस्तकला, ऐतिहासिक कलाकौशललाई जोगाउन विभिन्न सामान उत्पादनमा जुटिरहेका छन् भने उनिहरु आफ्नो संस्कृतिकै रुपमा रहेकाहरु हस्तकला कार्यलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले आफ्नो उत्पादन विदेशीलाई बेचेर थुप्रै धनराशी आर्जन गर्ने गर्दथे । ग्रामिण क्षेत्रमा सुन्दर एवं आकर्षक हस्तकलाका सामानहरुको उत्पादन अनवरतरुपमा पहिलेदेखी हुँदै आएको थियो । किराँतकाल, लिच्छवीकाल, मल्लकालमा हाम्रो हस्तकलाको गरिमामय इतिहास देश–देशान्तरसम्म फैलिएको थियो ।
पोखरामा हस्तकलाको ऐतिहासिक अवस्था
पोखरामा हस्तकलाको विकासको ऐतिहासिक पक्षलाई हेर्दा यहाँ उच्चपहाडी क्षेत्रमा पालिने भेडा–च्यांग्राको उनलाई कच्चापदार्थको रुपमा ल्याई प्रशोधन गरी त्यसबाट गलैँचा, झोला, राडी, पाखी, पस्मिना बुन्ने प्रचलन थियो । अर्कातर्फ यहाँ तामा, पितल, सिलबाट एवं अन्य धातुको आकर्षक तथा कलात्मक भाडाहरु तयार गरिन्थ्यो। छालाको जुत्ता सिलाउने, छ्वालीका सामान बनाउने , झोला बनाउने, ढाका बुनाई गरी त्यसबाट टोपी, च्यादर आदि बनाउने बाँस, निगालो, बेतबाट विभिन्न सामान बनाउने, होजीयरी सिलाई बुनाइबाट विभिन्न सामान तयार हुने गरेको पाइन्छ । गुरुङ जातिले तयार गर्ने भांग्रा पनि लोकप्रिय सामानमा लिइन्छ ।
नेपाली हस्तकला उद्योगको कानुनी पक्ष
हाम्रो देशको ऐन–कानुनले हस्तकलाको बारेमा खासै परिभाषा गरेको पाइँदैन । हस्तकला उद्योगको बारेमा औद्योगिक व्यवसाय ऐनले हस्तकला उत्पादन उद्योगलाई घरेलु उद्योगको रुपमा लिएको पाइन्छ । अन्य देशमा यसलाई सुक्ष्म (सानो) रुपमा लिइन्छ । हस्तकलाका सामानको सरकारी वर्गीकरण प्रष्ट छैन । हस्तकलाका सामानहरुको वर्गीकरण निम्नआनुसार गरिएको छ –
जुन वस्तु मानव शक्तिले आफ्नो अधिकतम श्रम र सीपबाट तयार गर्दछ र त्यसमा मेसिनको प्रयोग हुदैन, त्यसलाई हस्तकला भन्ने गरिन्छ ।
१.नेपाली कागज र त्यसबाट तयार हुने सामानहरु
२.ज्वैलरीका सामानहरु
३.पस्मिना, टेरी टावल
४.काठ, बाँस र निगालाका सामानहरु
५.सूति धागोका विभिन्न कपडाहरु
६.गार्मेण्ट कपडाका सामानहरु
७.धातुका सामानहरु
८.छालाका सामानहरु
९.हेम्प तथा अल्लोका सामानहरु
१०.रेशम उत्पादन
११.टेक्सटाइलका सामानहरु
१२.सेरामिक्सका सामानहरु
१३.धूप
१४.पोते
१५.पत्थर
१६.प्लास्टिकका सामानहरु
१७.राडी, पाखी, गलैँचा
१८.उनिका सामानहरु
१९.माटाका भाँडाहरु
२०.दुना, टपरी
२१.बुटिकका सामान
२२.इम्ब्रोइडरी सामानहरु
२३.ब्लक पेन्टिङ
२४.छ्वालीका सामानहरु
२५.तयारी कृत्रिम फूलहरु
२६.वाटर पेन्टका सामानहरु
२७.छाला तथा हड्डीबाट बन्ने टाँकहरु, दाँतहरु
२८.लाहाका चुराहरु
२९.विविध हस्तकला
पोखरामा हस्तकलासँग सम्बन्धित उद्योगहरुको अवस्थालाई विश्लेषण गरी हेर्दा यहाँको घरेलु तथा साना उद्योग कार्यालयमा ज्यादै थोरै उद्योगमात्र दर्ता गर्ने गरेको पाइन्छ । पोखराको उद्योग वाणिज्य संघसँग पनि यथार्थ तथ्यांक रहेको पाइदैन । अधिकांश उद्योगहरुले दर्ता नगरी परम्परागत ढंगले घरमा नै सानो स्केलमा र केही व्यावसायिक ढंगले सञ्चालन भइरहेको पाइन्छ । यी उद्योगहरुले पोखरामा हस्तकला एवं पर्यटकिय विकासमा ज्यादै नै महत्वपुर्ण भूमिका खेलेका छन् । अर्कोतर्फ घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कास्कीसँग पनि सबैको आवद्धता हुन सकेको पाइँदैन । हालसम्म घरेलु तथा साना उद्योग कार्यालय कास्कीमा दर्ता भएका हस्तकलासम्बन्धि उद्योगहरुको विवरण निम्न बमोजिम छन् –
१ .   बेत, बाँस, निगालोसम्बन्धी                                          ५ वटा
२.    सुनचाँदी गहनासम्बन्धी                                               ५ वटा
३.    गलैँचा, थान्का आर्ट, उनी प्रशोधनसम्बन्धी                   ३२ वटा
४.    छाला तथा सेन्थेटिकसम्बन्धी                                       १२ वटा
५.    सिलाइ, फेब्रिकसम्बन्धी                                                ८४ वटा
६.    रेडिमेट कपडा, ब्याग, गार्मेण्ट, यूनिफर्मसम्बन्धी           १०३ वटा
७.    पाउरोटी, बेकरी, चाउचाउ, समोसा, बिस्कुटसम्बन्धी       ८३ वटा
८.    प्लास्टिकसम्बन्धी                                                         २० वटा
९.    इलेक्ट्रोनिक्ससम्बन्धी                                                    २१ वटा
१०.    टेक्सटाइल, झोला, ढाकासम्बन्धी                                 ३२ वटा
११.    होजियरीसम्बन्धी                                                        १८ वटा
१२.    चिया प्याकिङ, भाँडा, सर्वोतम पीठो, अगरबत्ती, मसला, मिनरल वाटर
दालमोठ, मैनबत्ती, धूप, डेरी, चक, जडीबुटी                              १५४ वटा
उपरोक्त उद्योगहरुमा सबै चालु अवस्थामा नरहेको तथा कतिपय विभिन्न कारणले लगत कट्टा हुने अवस्थामा पनि रहेको पाइन्छ ।

पोखरामा हस्तकला विकासको वर्तमान अवस्था
पोखरा एउटा पर्यटकिय महत्वको स्थान भएको कारण यहाँको हस्तकलाको विकासलाई हेर्दा यहाँ निम्न हस्तकला उद्योगको अवस्था सन्तोषजनक देखिन्छ –
१.    धातुको भाँडा तथा कलात्मक सामान उत्पादन गर्ने ।
२.    सूति धागोबाट विभिन्न प्रकारका झोला तथा सामानहरु तयार गर्ने ।
३.    ढाका बुनाई गरी आकर्षक वस्तुहरु तयार गर्ने ।
४.    वास्तुकलाको विकास गर्ने ।
५.    बाँस, निगालो एवं वेतका सामानहरु तयार गर्ने ।
६.    इम्ब्रोइडरीको विकास गर्ने ।
७.     फेब्रिक पेन्टिङको विकास गर्ने ।
८.    छालाका सामानहरु तयार गर्ने ।
९.    स्वेटर, टोपी बुनाइ गर्ने ।
१०.   विभिन्न प्रकारका खेलौना तयार गर्ने ।
११.   अचार तथा माडाहरु तयार गर्ने ।
१२.   झिलिंगा तथा अन्य खाद्य सामग्री तयार गर्ने ।
१३.   आयुर्वेदिक औषधी तयार गर्ने ।
१४.   विभिन्न प्रकारका मैनबत्ती तयार गर्ने ।
१५.    तयारी पोशाकको विकास गर्ने ।
पोखरामा हस्तकला विकासको सम्भावना र फाइदा
१.    विदेशी पर्यटकहरु धेरै आउने भएकोले उनीहरुले उपहार खरिद गर्ने पर्याप्त सम्भावना रहने ।
२.    विश्वका विभिन्न देशसँग पर्यटकहरुमार्फत सजिलै प्रचार–प्रसार हुने ।
३.    पिछडिएका महिला तथा जनजातिहरुलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीको अवसर प्राप्त हुन जाने ।
४.    रोजगारीको अवसरबाट बञ्चित भई विभिन्न विकृतिमा लागेको जनशक्तिलाई सुधारिने मौकाको सिर्जना ।
५.    दैनिक घर व्यवहार सञ्चालन, बालबच्चाको शिक्षा र गरिबीबाट मुक्ति पाउने ।
६.    स्वरोजगारको विकास
७.    हस्तकलासँग सम्वन्धित कृषि, व्यापार र अन्य संघ–संस्थालाई प्रत्यक्ष फाइदा पुग्ने ।
८.    हस्तकलाका सामान निकास गर्न सकिने । हस्तकलाका सामानहरु निर्यात हुनसक्ने प्रमुख देशहरु भारत, अमेरिका, जर्मनी, बेलायत, जापान, इटली, फ्रान्स, स्वीट्जरल्याण्ड, क्यानाडा, हङकङ, अस्ट्रेलिया, बंगलादेश, चीन, आदिलाई लिन सकिन्छ ।
पोखरामा हस्तकला विकासमा देखिएका चुनौतीहरु
१.    गुणस्तर कायम राख्नसक्ने क्षमताको विकास हुनुपर्ने
२.    कर्जा लगानीको सहज व्यवस्था हुनुपर्ने
३.    तालिमको समुचित व्यवस्था हुनुपर्ने
४.    उद्योग वाणिज्य क्षेत्रबाट उचित प्रोत्साहन एवं संरक्षण हुनुपर्ने
५.     रुग्ण उद्योगको पुनर्उत्थान हुनुपर्ने
६.    व्यवस्थापन तालिम हुनुपर्ने
७.    बजारयोग्य बस्तुको डिजाइनको खोजी हुनुपर्ने
८.    प्राविधिक परामर्श सेवा केन्द्रको व्यवस्था हुनुपर्ने
९.    उत्पादित बस्तु बिक्री वितरणको सहज व्यवस्था नहुनु
१०.    प्रचार–प्रसारको सहज एवं सुलभ व्यवस्था हुनुपर्ने
११.    सरकारी अनुदान एवं संरक्षण हुनुपर्ने
१२.    शान्ति सुरक्षाको अवस्थामा सुधार हुनुपर्ने
१३.    सम्भाव्यता, सबलता र दुर्बलताको अध्ययन विश्लेषण हुनुपर्ने
१४.    परियोजना छनोट त्रुटिपुर्ण रहनु
१५.    जोखिमप्रति सचेत हुनुपर्ने
१६.    कच्चापदार्थको सहज उपलब्धता हुनुपर्ने
१७.    बजार व्यवस्थापनको समस्या रहनु
१८.    स्वच्छ व्यवसायको निती अवलम्बन गर्न नसक्नु
१९.    प्राविधिक ज्ञान र जनशक्तिको अभाव रहनु
व्यापार प्रवद्र्धन केन्द्रले हस्तकला उत्पादन भन्नाले धातु तथा थान्कासम्बन्धी निम्न उत्पादनलाई समेत स्वीकार गरेको पाइन्छ ।
१.    उलन तथा धागोका सामानहरु
२.    चाँदीका सामानहरु
३.    तामाका सामानहरु
४.    कागजका उत्पादनहरु
५.    फिल्जरी सामानहरु
६.    काठका सामानहरु
७.    थान्का पेन्टिङ र अन्य
नेपालमा बर्सेनी करिब ७० अर्ब नेपाली मुद्राको सामान विदेशमा निकासी हुन्छ भन्ने आँकडा पनि पाइन्छ । यसलाई हेर्दा पोखराले यस क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउन सक्छ भनेर हामी दाबी गर्न सक्छौ । किनकि यहाँको पर्यटकीय व्यवसाय नै प्रमुख आधारको रुपमा रहिआएको छ ।
हस्तकला र पोखरा
प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधताका अतिरिक्त पोखरालाई विश्वमा नै चिनाउन पोखरेली हस्तकलाको पनि योगदान रहेको छ । परम्परागतरुपमा तयार गरिने गलैंचा, झोला, छ्वालीका सामान, धातुका भाँडा, वर्तन, ढाका कपडा, काष्ठकला एवं थुप्रै प्रकारका वस्तुहरु जुन सजावट एवं दैनिक उपभोगमा आउँछ, ती सबै उत्कृष्ट नमुनाहरु हुन् । यसका अतिरिक्त यहाँको भौगोलिक स्थिति र वातावरणीय अनुकूलताले पोखरा क्षेत्रलाई कृषि उत्पादनको साथै पुष्प व्यवसायलाई विकास गर्न सकिने सक्षम अवस्था रहेको छ । हस्तकलालगायतका स्थानिय उत्पादनले करोडौ रुपैयाँ आर्जन गरी आयात प्रतिस्थापन गर्न पोखरा सक्षम हुनसक्छ । यसका लागी विभिन्न प्रवद्र्धनात्मक उपायहरुको अबलम्बन गर्नुपर्ने आवश्यकता छ । पोखराको पर्यटन उद्योगको प्रवद्र्धनमा यहाँको हस्तकला उत्पादनलाई उच्च प्राथमिकतासहित महत्वपुर्ण स्थान प्रदान गर्नुपर्दछ । विभिन्न ढंगले विदेशी पर्यटकहरुलाई आकर्षण गरी हाम्रा हस्तकलाको बिक्री गर्न सकेमा विश्वमै प्रचार–प्रसार हुने, मुद्रा आर्जन हुने, राष्ट्रिय आयमा टेवा पुग्ने, रोजगारी एवं व्यवसायमा सुधार भई हाम्रो सामाजिक क्षेत्रको गरिबी हटाई सबलता प्रदान गर्न सकिने हुन्छ ।
पोखरामा हस्तकलासम्बन्धी हालसम्म आयोजना गरिएका प्रमुख मेला प्रदर्शनीहरु
औद्योगिक मेला    –                 २०४१                    आयोजक, पोउवासंघ
हस्तकला मेला –                       २०४९                    आयोजक, पोउवासंघ
हस्तकला मेला –                       २०५३                    आयोजक, पोउवासंघ
हस्तकला तथा पुष्प मेला –        २०५६                आयोजक, पोउवासंघ
जाउँ है पोखरा –                          २००३                    होटल व्यवसायीहरु
पश्चिमाञ्चल औ. व्यापार मेला – २०५९            पोउवासंघलगायत विभिन्न संस्थाहरु
यसमा अतिरिक्त अन्य क्षेत्रबाट पनि प्रयासहरु भएका छन् ।
पोखरामा हस्तकलाको विकास, उत्थान एवं प्रवद्र्धनमा पोखरा उद्योग वाणिज्य संघ २०११ सालमा पोखरा व्यापार संघका नाममा स्थापना भई २०३५ मा पोउवासंघ रुपान्तरण भई अग्रणी भूमिका निर्वाह गर्दै आएको पाइन्छ ।
पोखरामा रहेका हस्तकला सामान उत्पादन गर्ने केही प्रमुख उद्योग तथा संस्थाहरु

[tables caption=”पोखरामा रहेका हस्तकला सामान उत्पादन गर्ने केही प्रमुख उद्योग तथा संस्थाहरु” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
सि.नं.,संस्थाको नाम, संस्थाको प्रमुख, फोन, उत्पादनको क्षेत्र
१,महिला सीप विकास आयोजना,पोखरा,रामकली खड्का,५२०३९३,हाते तान बुनाईबाट तयार पारिने विभिन्न सामानहरु
२,अरुणोदय मेटल ई.,पोऔक्षे,धर्मेन्द्र क्षेष्ठ,५२२८४७,धातुका भाडाँहरु
३,मन्दिर काष्ठकला उद्योग,पोऔक्षे,मञ्जु मुनाकर्मी,५२३४०८,काष्ठकला
४,हिमाल गार्मेण्ट सप,वैदाम,विश्व पहारी,५२६५५०,गार्मेण्ट सप
५,दि उड एन्ड रक्स ह्यान्डिक्राफ्ट,मासबार,शान्ति पुन,५२४४१८,सजावट सामान
६,चिररत्न उड कार्भिङ,तेर्सापट्टी,–,५२२५७२,उड कार्भिङ
७,मंगल बेत बाँस उद्योग,नदीपुर,–,५२६०२१,बेम्बोक्राफ्ट
८,विन्ध्यवासिनी भाँडा उद्योग,नदीपुर,–,५२१६०४,धातुका भाँडाहरु
९,गणेश धातु भाँडा उद्योग,नदीपुर,–,५२५२११,धातुका भाँडाहरु
१०,तिबेतन थान्का आर्ट,वैदाम,पदम वहादुर लामा,५२४८९५,थान्का आर्ट
११,सिर्जनशील कलाकार समूह,रानीपौवा,वुद्धि गुरुङ,५२७२८४,पेन्टिङ
१२,नारी सेवा केन्द्र,सिंहनाथटोल,तीर्थमाया जोशी,५२२०२३,छ्वाली
१३,होम डेकोरेट ट्रेनिङ सेन्टर,सिंहनाथटोल,विजय श्रेष्ठ,–,–
१४,सूर्यमुखी हस्तकला उद्योग,रामचन्द्र पौडेल,५३२०५४,परम्परागत हस्तकलाका सामानहरु
१५,गोशली हाउस,दीपक,५२०५८८,–
१६,नारी विकास केन्द्र,विन्ध्यवासिनी,भैरवटोल,–,–,छ्वालीबाट उत्पादित विभिन्न सामानहरु

[/tables]

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *