role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखरामा वाणिज्य क्षेत्रको विकास – संक्षिप्त सिंहावलोकन

पोखरा उद्योग बाणिज्य संघबाट बि.सं.२०६१ मा प्रकाशित ‘स्वर्ण जयन्ती स्मारिका’ बाट साभार
पोखरामा वाणिज्य क्षेत्रको विकास – संक्षिप्त सिंहावलोकन
डा.यादव शर्मा गौडेल
सह–प्राध्यापक
पृष्ठभूमि
अन्नपुर्ण र माछापुच्छे्र हिमशृङ्खलाको काखमा अवस्थित, सुन्दर ताल–तलैयाले सुशोभित, प्राकृतिकरुपमा रमणीय उपत्यकामा पोखरा उपत्यकालाई लिन सकिन्छ । यसरी प्रकृतिले प्राथमिकता पाएको कुल १२५ वर्ग किलोमिटरमा फैलिएको पोखरा उपत्यकालाई वाणिज्य विकासको दृष्टिकोणले हेर्दा प्रारम्भमा यो उपत्यका दुई मुख्य व्यापारीक मार्ग (जुम्ला–काठमाडौँ, भारत–तिब्बत) को रुपमा प्रयोजनमा आएको बुझिन्छ (अधिकारी २०५६,८७) । यस लेखमा पोखरालाई भौगोलिक सीमानाको हिसाबले व्याख्या गर्दा पोखरा उपमहानगरपालिकाको क्षेत्रलाई मात्र समेटिएको छ ।
पोखरा हुदै मुक्तिनाथ तीर्थस्थल जानुपर्ने र भोट व्यापारका निम्ति पोखरा केन्द्रविन्दु भएकाले पोखरामा बस्ती बढ्नुका साथै व्यापारीक क्रियाकलापको बिस्तार भएको पाइन्छ । वि.सं. २००९ सालमा पोखरालाई काठमाडौँसंग हवाइ मार्गद्धारा सम्बन्ध राख्ने कामको सुरुवात भए तापनि हवाइ सेवाको अनिश्चितताले गर्दा सो सेवाले खास व्यापारिक महत्व पाउन सकेन । काठमाडौँ जाने मुख्य पैदल यात्रा नै थियो । बुटवल जानलाई खच्चड, गधा मुख्य साधन मानिन्थ्यो । त्यसपछि वि.सं. २०१६ सालमा पोखरा–भैरहवा हवाइ यातायातको प्रारम्भ भयो । पोखरालाई नगरको रुपमा विकास गर्ने प्रारम्भिक चरणको कार्य वि.सं. २०१५ सालमा नगरपालिकाबाट आरम्भ गरी वि.सं. २०१९ सालमा पोखरा नगर पञ्चायत भनी घोषण गरियो (थापा,२०५६ः१३) । वि.सं. २०२० सालदेखी भारतीय वायुसेवासंघ सम्बद्ध हिमालयन वायु सेवाले पोखरा–काठमाडौँ, काठमाडौँ–पाटन सेवाको थालनी गरी पोखरालाई बाहिरी जगतसंगको सम्पर्क बढायो । यसरी सुरु भएको पोखरा–काठमाडौँ, पोखरा–भैरहवाको हवाइ सम्पर्कले व्यवसायीक विकासमा योगदान पु¥याउन थाल्यो । वि.सं. २०२१–२०२५ सालको अवधिमा पोखरा–भैरहवा हुंदै सुनौलीसम्म जोड्ने सिद्धार्थ राजमार्ग (२०५ किलोमिटर) को निर्माण भएपछि मोटर यातायातबाट मालसामान ढुवानी गर्न सक्ने भएकाले पोखराका निकट जिल्लाहरु स्याङजा, तनहुँ, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, र मुस्ताङलाई चाहिने उपभोग्य तथा उत्पादनयोग्य वस्तुहरुको पूर्ति सहज हुन थाल्यो ।
तत्पश्चात वि.सं. २०२६–२०३० सालमा पोखरालाई राजधानिसंग जोड्ने पृथ्वी राजमार्ग (२०० किलोमीटर) को निर्माण भएपछि पोखराको वाणिज्य विकास एवं आर्थिक समुन्नतिमा ठूलो टेवा मिल्न थाल्यो । साथै वायुसेवा एवं स्थल यातायातका साधन प्रयोग गरी पोखरा आउने पर्यटकहरुको संख्यामा वृद्धि भई पर्यटन व्यवसाय फस्टाउन थाल्यो ।
यस प्रकारले पोखरामा वाणिज्य क्षेत्र विकासलाई दिगो बनाई संस्थागत रुप दिने कामको थालनी भने वि.सं. २०११ सालमा स्थापित पोखरा व्यापार संघले नै गरेको पाइन्छ । त्यही व्यापार संघ, पछि पोखरा उद्योग वाणिज्य संघ(वि.सं. २०३५) मा परिणत भई उद्यमी व्यापारीको हक–हितको संरक्षण गर्दै  यहाँका उद्योग तथा व्यापार व्यवसाय प्रवद्र्धनमा योगदान पुर्याउदै आएको तथ्य सबैको सामु प्रस्ट भइसकेको छ । उद्योग वाणिज्य संघले विगतमा वाणिज्य क्षेत्रमा देखिएका विविध चुनौतीहरुलाई सामना गर्दै अगाडी बढे तापनि बर्तमान अवसर र चुनौतिहरु त्यत्तिकै टड्कारोरुपमा थपिदै गएका छन् ।त्यसैले वाणिज्य क्षेत्रका ती अवसर र चुनौतिहरु मूल्यांकन गर्ने उद्देश्यले यस लेखमा केहि जिज्ञासाहरु उठाइएका छन् । ती हुन्–
पोखरामा वाणिज्य क्षेत्रको विकास कसरी भयो ? यस क्षेत्रको संस्थागत विकासमा संघको कस्तो योगदान रहेको छ ? हालको अवस्थामा वाणिज्य क्षेत्रमा के–कस्ता समस्याहरु विद्यमान छन् ? ती समस्याहरुको समाधानमा उद्योग वाणिज्य संघको भूमिका के–कस्तो रहेको छ ? यिनै जिज्ञासाहरुको समाधान खोज्न यस लेखमा निम्न उद्देश्यहरु निर्धारण गरिएका छन् ।
उद्देश्यहरु
१.पोखरामा वाणिज्य क्षेत्रको विकासबारे सिंहावलोकन गर्नु ।
२.वाणिज्य क्षेत्रको विकासमा उद्योग वाणिज्य योगदानबारे उल्लेख गर्नु ।
३.वाणिज्य क्षेत्रमा देखिएका वर्तमान चुनौती र अवसरहरुलाई औँल्याउनु ।
४.वाणिज्य क्षेत्रको आधुनिकीकरणका निमित्त गर्नुपर्ने प्रयास र चाल्नुपर्ने कदमहरुबारे जानकारी गराउनु ।
पोखराको वाणिज्य क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रस्थल एवं गण्डकी अञ्चलको सदरमुकाम पोखरामा प्रारम्भदेखि नै व्यापारीक क्रियाकलाप मुख्यतया पोखरा बजारमा सीमित रही बजारको बस्ती उत्तर–दक्षिण फैलिएको पाइन्छ । (मेचिदेखी महाकाली, २०३१,२९८) पोखरा बजारको दक्षिणमा विशाल फेवाताल र बजारको बीचमा जमिनलाई कटान गर्दै निकै गहिराइमा बगेको सेती नदिको आवाज, पातले छाँगोलगायत महेन्द्र गुफा, बेगनास र रुपा आदि तालहरुको उपस्थितिले पर्यटन क्षेत्र विकासमा ठूलो टेवा मिलेको देखिन्छ ।
पोखरामा वाणिज्य विकासको प्रारम्भिक चरणलाई अध्ययन गर्दा हवाइजहाज र मोटर यातायातको व्यवस्था हुनुभन्दा पहिला पोखरास्थित उत्तर–पश्चिमका छिमेकी जिल्लाहरुबाट पैदल यात्रा गरी नालाको मुखमा आइपुग्दा बुटवल र काठमाडौँ जाने बाटाहरु छुटिन्थे । बुटवल जाने बाटो नालाको मुखबाट दक्षिण तर्फ गणेशटोल, पार्दी हुदैँ जानुपथ्र्यो । लमजुङ कुन्छा, गोरखा र काठमाडौँ जाने हो भने सो नालाको मुखको पूर्वतिर ‘तेर्सापट्टी’ हुदै साँगुको मुख हुंदै (हाल महेन्द्रपुल) भन्ने स्थानमा काठको पुल तरेर पूर्वदिशा थपिएको थियो । फलाम र नूनजस्ता गह्रौ सामानको ढुवानी पनि हवाइजहाजले गर्दथ्यो । वि.सं. २०१७ सालसम्म पोखरा बजार एउटा ग्रामिण इलाका जस्तै थियो । यस समयमा थालिएको औलो उन्मुलनसम्वन्धी कार्यक्रम, विकास निर्माणका गतिविधिहरु यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा, उद्योग, व्यापार तथा वाणिज्य विकास र विस्तारले छिमेकी जिल्लाहरुबाट बसाई सर्ने क्रममा तीव्रता आउन थालेपछि पोखरामा आवादी बढ्दै गएको वुझिन्छ । व्यापारका लागी अन्य जिल्लाहरुमा स्याङजा, पर्वत, म्याग्दी र वाग्लुङका निम्ति मुख्य वजार दक्षिण तर्फ पार्दी(वैदाम) र उत्तरतर्फ हेम्जा, बाटुलचौर, महेन्द्र गुफा महत्वपुर्ण मानिन्थे । भोटसंगको व्यापारमा भने धवलागिरी अञ्चलका बाग्लुङ बेनी र मुस्ताङ उल्लेखनिय व्यापारीक केन्द्र मानिन्थे ।
पोखरामा वाणिज्य क्षेत्रको विकास भैरहवा–सुनौली जोड्ने सिद्धार्थ राजमार्ग (२०२५) र काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग(२०३०) को निर्माण भएपछि प्रारम्भ भएको हो भन्दा अत्युक्ति नहोला । व्यापारको क्षेत्रमा यहाँको खाद्यान्न उद्योगमा धान, मकै, गहुँ, फलफुलमा सुन्तला, लिचि, खाद्य उद्योगमा चकलेट, बिस्कुट, चाउचाउ, दालमोठ, घरेलु उद्योगमा गहुँको छ्वालीबाट बनाइएका आकर्षक कलात्मक बस्तुहरु तामाका भाडाँ ,काँसका अँङखोरा, करुवा, कटौरा आदि प्रचलित छन् । यस्ता उद्योगबाट उत्पादित वस्तुहरुको व्यापारका साथै ग्राहकको आवश्यकता अनुसारका वस्तुहरु उपलब्ध गराउने कार्यमा व्यवसायीहरुले आफ्ना व्यवसायलाई उद्योग वाणिज्य संघमा विधिपूर्वक दर्ता गराई व्यापार सञ्चालन गरेको पाइन्छन् ।
वि.सं. २०३१ सालमा पोखरा औद्योगिक क्षेत्रको स्थापना भएपश्चात उद्योगहरुको संख्यामा वृद्धि हुन थाल्यो । भैरहवा, वीरगञ्जबाट विदेशीहरु काठमाडौँ आउने र त्यहाँबाट पोखरा आई फर्कन थाले । वाणिज्यको क्षेत्रमा वि.सं. २०३५ सालमा गरिएको स्थलगत अध्ययनले पोखरामा कुल ५७३ व्यवसायी विभिन्न व्यवसायमा संलग्न भएको तथ्यांक प्रस्तुत गरेका छन् (मुल्मी २०३९ः४४), जसमा किराना पसल(११०), पर्यटन तथा होटल रेस्टुराँ (९३), कपडा तथा रेडिमेट लुगा(९०), साना उद्योग(७६), निर्माण सेवा(५५), सुनचाँदी र भाँडा पसल(३८), औषधी पसल(२८) र अन्य(८३) गरी जम्मा ५७३ व्यवसायीको संख्या उल्लेख छ ।
यसरी व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुको संख्या अभिवृद्धि गर्दै लैजाने, बढी भन्दा बढी व्यापारीहरुलाई संघको सदस्य बनाई उनीहरुका व्यवसायबारे संक्षिप्त जानकारी दिने उद्देश्यले वि.सं. २०५६ सालदेखी नियमितरुपमा उद्योग वाणिज्य संघले आफ्नो सदस्यता निर्देशिका (ःझदभचकजष्उ म्ष्चभअतयचथ) प्रकाशन गर्दै आएको छ । सो निर्देशन अनुसार संघमा दर्ता भएका विभिन्न व्यवसायहरुको संख्या एवं प्र्रतिशत निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. १

[tables caption=”तालिका नं. १” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]

 
क्र.सं. ,   वाणिज्य व्यवसायका किसिम  ,  संघमा दर्ता भएको सदस्य संख्या ,               प्रतिशत
१ ,   खाद्यवस्तु-किराना पसल  ,                     २०८     ,                                                १८.८
२ ,   धागो/कपडा पसल/जुत्ता पसल  ,             १०२  ,                                                     ९.२
३ ,   फेन्सी स्टोर-तयारी पोसाक ,                     ७८    ,                                                     ७.१
४ ,   हार्डवयर-सिमेन्ट/ब्लक/प्रोभिजनल एवं डिपार्टमेन्टल स्टोर,     १०० ,   ९.१
५  ,  साइकल/मोटर तथा मोटर पार्टस्-कार्यशाला /पेट्रोलियम तथा ग्यास ,   ८०   , ७.२
६ ,   विद्युत/सञ्चार/कम्प्यूटर नेटवर्क ,   ५०  ,  ४.५
७ ,   औषधी पसल तथा चश्माघर ,   ४८ ,   ४.४
८  ,  चामल तथा तेल मिल/ काठमिल तथा फर्निचर्स,    ५८ ,   ५.३
९   , भाँडा पसल तथा किचन कर्नर  ,  ५२  ,  ४.७
१०,    स्टेशनरी/ पुस्तक पसल/ प्रेस ,   ५३ ,   ४.८
११  ,  होटल तथा लज/ पर्यटन व्यवसाय ,   ५१ ,   ४.६
१२  ,  फिल्महल/ फोटो तथा कलरल्याब  ,  २७   , २.५
१३,    कन्सल्टेन्सी/लेखापरीक्षण/ इञ्जिनियरिङ  ,   १८   , १.६
१४  ,  अन्य ,   १८,   १६.२
जम्मा  ,  ११०५,    १००

[/tables]
उपयुक्त तालिका नं. १ अनुसार प्रथम स्थानमा खाद्य सामग्री बिक्री गर्ने व्यवसायी एवं किराना पसलहरु (१८.८%), दोश्रो स्थानमा कपडा पसल एवं जुत्ता पसलहरु (९.२%) र तेश्रो स्थानमा हार्डवयर, निर्माण सामग्री, डिपार्टमेन्टल एवं प्रोभिजनल स्टोर्सहरु(९.१%) पर्दछन । यही रितले मोटर तथा मोटर पार्टस् एवं पेट्रोलियम तथा ग्यास(७.२%), फेन्सी स्टोर एवं तयारी पोसाक(७.१%) क्रमशः चौथो र पाँचौ स्थानमा पर्न जान्छन् । अतः समग्रमा भन्नुपर्दा सदस्यता निर्देशिकामा उल्लेखित ११०५ व्यवसायीहरुमध्ये १३ किसिमदेखि बेग्लै व्यवसायलाई अन्यमा राखिएको छ । तदनुसार अन्य व्यवसायहरुमा अगरबत्ती, ब्यूटीपार्लर, मुद्रा सटही काउन्टर, बच्चाका खेलौना, प्लास्टिक, फाइनान्स, इन्स्योरेन्स आदि व्यवसायहरुलाई समावेश गरिएका छन् ।
वाणिज्य क्षेत्रको विकासमा संघको प्रारम्भिक योगदान
देशमा आर्थिक विकासको गतिलाई तीव्र पार्र्न उद्योग एवं वाणिज्य क्षेत्रको महत्वपुर्ण भूमिका रहन्छ । यही तथ्यलाई अंगिकार गरी पोखरामा उद्योग व्यापारको क्षेत्र विस्तार गर्दै लैजाने अभिप्रायले वि.सं. २०११ सालमा व्यापारीहरुको एकताको प्रतिक पोखरा व्यापार संघ प्रादुर्भाव भयो । त्यस समयमा ३३ जना व्यापारी नदिपुर पाटनमा भेला भई बनाइएका व्यापार संघले व्यापारीहरुको जीवनस्तर माथी उठाउने र सामाजिक कार्यहरु बाटो, धारो, पुल, मन्दिर, पाटी, पौवा आदि बनाउने कार्यमा विशेष प्रयास गरेको पाइन्छ ।
यसका अतिरिक्त संघले व्यापार व्यवसायलाई संस्थागतरुपमा विकास गरी व्यापारीहरुमा सुविधा अभिवृद्धि गर्ने उद्देश्यले भारतबाट कोटामा निर्धारित सरसामानहरु आयात गराई स्थानिय बजारमा विक्री वितरण गराउने, कोटा अन्तर्गतका खाद्यान्न सामग्रीहरु राख्नका लागी विमानस्थल नजिकै गोदाम घर निर्माण गर्ने कार्यमा अग्रसर भएको प्रमाणित हुन्छ (गुभाजू, २०३६/२१) तसर्थ प्रारम्भमा यसको योगदानलाई मूल्याङकन गर्ने व्यापारीक क्षेत्रमात्र नभएर सामाजिक क्षेत्र पनि उत्तिकै महत्वपुर्ण मानिन्छ ।
यसरी स्थानिय स्तरमा संघले व्यापार प्रर्वद्धन गर्न, व्यवसायीहरुको हक–हितको संरक्षण गर्न, विभिन्न प्रयासहरु गर्दै आएको र स्थानिय व्यापारलाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा पुरयाउन वि.सं. २०३५ सालमा तत्कालिन व्यापार संघ उद्योग वाणिज्य संघको नाममा परिर्वतन भयो । सो संघले व्यापारीहरुलाई सुसूचित गर्ने, वाणिज्य सम्वन्धि नियमहरुको जानकारी गराउने, विभिन्न अनुसन्धानमूलक लेखहरुद्धारा उद्यमी, व्यापारीहरुलाई उद्योगवाणिज्य संघको क्रियाकलापहरुबारे अवगत गराउने उद्देश्यले वि.सं. २०४५ सालदेखी नियमितरुपमा खोजमूलक लेख, व्यापारीक समाचार एवं समसामयिक आर्थिक लेखहरु संकलन गरी नियमितरुपमा व्यापार पत्रिका (Tread Journal) मार्फत प्रकाशन गर्दै आएको देखिन्छ (गौडेल, २०५/३)
वाणिज्य विकासमा वर्तमान प्रयास
आधुनिक व्यापारलाई अगाडी बढाउने बैंकिङ तथा वित्तिय संस्थाहरुको अहम् भूमिका रहन्छ । पोखरामा वित्तिय प्रणालीको इतिहासमा काठमाडौँ उपत्यकाबाहिर स्थापित प्रथम बैंक शाखाका रुपमा नेपाल बैंक लिमिटेडको पोखरा शाखा, वि.सं. २०१२ सालमा तेर्सापट्टीमा स्थापित भएको हो । यसै गरी राष्ट्रिय वाणिज्य बैंकको प्रथम शाखा ,पार्दी ,वि.सं.२०३२ सालमा स्थापना भएको हो । (ठाकुर, २०५६/४३)  वर्तमान अवस्थामा बढ्दो सहरीकरण एवं आधुनिक व्यापारलाई प्राथमिकता दिने सन्दर्भमा नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक वाहेक अन्य वाणिज्य बैंकका शाखाहरु, संयुक्त लगानीका बैंकहरु, फाइनान्स कम्पनीहरु लगायत सहकारी संस्थाहरु गरी २९ भन्दा बढी शाखा पोखरामा सेवारत रहेको वुझिन्छ । यी सम्पुर्ण शाखाहरुको सहयोगमा व्यापारीक व्यवसायलाई समयसापेक्ष बनाउनमा मद्दत पुगेको छ भन्नुमा कसैको दुईमत हुंदैन ।
वर्तमान व्यापार व्यवसायलाई चुस्त बनाउन ग्राहकलाई दिने सेवा–सुविधा सरल, छिटो छरितो बनाउन E-Commerce को खाँचो पर्दछ । यस सन्दर्भमा पोखरा उद्योग वाणिज्य संघले आफ्नो सचिवालयमा E-mail, Internet को व्यवस्था, पुस्तकालय, तालिम तथा गोष्ठी हलको प्रवन्ध गर्नुको साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्वन्ध बढाउने र नयाँ व्यापारिक क्षेत्रको खोजी गरी व्यापारीक प्रर्वद्धनतर्फ उद्यमीलाई सल्लाह दिई अग्रसर बनाउन संघले आफ्नो सचिवालयमा दक्ष जनशक्तिको व्यवस्था गरेको छ । साथै पोखराको व्यापारमा नयाँ प्रविधि अपनाइ अन्र्तराष्ट्रिय व्यापारको विकासमा टेवा पुरयाउने उद्देश्यले आवश्यक सूचनाहरु उपलब्ध गराउन ZDH टेक्नोनेट एसिया र यस संघको संयुक्त प्रयासबाट औद्योगिक सूचना केन्द्र (२०४९ सालमा) स्थापना गरिएको छ । यसले पुस्तक, पत्रपत्रिका, कम्प्यूटर, इन्टरनेट, ई–मेल, फ्याक्समार्फत सम्भाव्य उद्यमी तथा लगानीकर्ताहरुमा जरुरी सूचनाहरु उपलब्ध गराउंदै आएको वुझिन्छ ।
वि.सं. २०५१ सालदेखी यस संघले अन्र्तराष्ट्रिय संस्था HWKRH माइन्ज जर्मनीसंग सम्बन्ध राखेपछि यहाँका उद्यमी व्यवसायीहरुको क्षमता र दक्षता वृद्धि गर्नेखालका तालिम, व्यवसाय विकास सम्वन्धि तालिमहरु पर्याप्त मात्रामा सञ्चालन गर्दै आएको पाइन्छ । यसरी पोखराको वाणिज्य विकासमा संघले गरेका प्रयासहरुबाहेक पोखरामा व्यापारीक वस्तुहरुको प्रदर्शनी स्थलको निर्माण, कृषि वस्तुहरुको संरक्षणका निम्ति कोल्ड स्टोर्स एवं गोदामघरको व्यवस्था, होटल व्यवस्थापनका निम्ति आवश्यक पूर्वाधार एवं सुचना केन्द्रको सुव्यवस्था, आन्तरिक विमानस्थलको सुव्यवस्था एवं अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण, प्राकृतिक एवं रमणीय स्थलहरुको संरक्षण, नगर सरसफाई ,पर्यटन आकर्षण केन्द्रहरुको प्रचार एवं व्यवस्थापकीय सूचना प्रणाली (Mis) को स्थापना हुनु जरुरी देखिन्छ ।
वाणिज्य क्षेत्र विकासका अवसर र चुनौतिहरु
पोखराको वाणिज्य क्षेत्र विस्तारलाई आन्तरिकरुपमा विश्लेषण गर्नुपर्दा पृथ्वी राजमार्गको माध्यमद्धारा काठमाडौँ, सिद्धार्थ राजमार्गद्धारा भैरहवा–सुनौलीसम्म र भूपी शेरचन मार्गद्धारा कुस्मा, वाग्लुङ, वेनीसम्म व्यापारीक वस्तुहरुको आदनप्रदान हंदै आएको छ । यस बाहेक हवाइ मार्गबाट आउने विदेशी पर्यटकहरु एवं भारतबाट स्थल मार्ग हुदै आउने पर्यटकहरुको संख्या पोखरामा बढ्ने पर्याप्त अवसरहरु देखिन्छन ।
विश्व व्यापार संगठन (WTO) को सञ्जालमा प्रवेश लिन हरेक मुलुकले प्रयास गरिरहेको अवस्थामा नेपालले पनि भर्खरै जेठ ४ (May 17,2004) गते आफूलाई १४७ औ सदस्य राष्ट्रको सूचिमा उभ्याएको छ । यसरी मुलुक अन्र्तराष्ट्रिय कारोबारमा जाँदा निर्यातयोग्य वस्तुहरुको पहिचान जरुरी हुने भएकाले ती वस्तुहरुमध्ये पोखराको कुन–कुरामा आफ्नो पहिचान दिन सक्छ भन्नेजस्ता अनुसन्धानात्मक प्रश्नहरु सबै उद्यमीका अगाडी तेर्सिएका छन् । त्यसैले प्रत्येक उद्यमी–व्यवसायीले तुलनात्मक लाभयुक्त वस्तुको पहिचान गरी वस्तु र बजारको विविधिकरण तर्फ जोड दिनुपर्ने बेला आएको छ । यस सन्दर्भमा पोखराको हस्तकला, सुनचाँदीका गरगहना, धातुका भाँडाजस्ता निर्यातयोग्य वस्तुहरुलाई Rising Star को सुचिमा राखी त्यसको प्रवद्र्धनका निम्ति लगानी गर्नु अनिवार्य भएको छ ।
त्यसैले समग्रमा पोखराका विभिन्न व्यावसायीक क्षेत्रमा देखिने व्यापारीक अवसरहरुलाई तल सुचिकृत गरिएको छ ।

क्र.सं.    व्यावसायिक क्षेत्र                                        व्यापारिक अवसरहरु
१    कृषि                                                              तरकारी, फलफुल, दुध, मासु, माछा
२    उद्योग                                             गलैचा, जडीबुटी संकलन, हस्तकला, तामा, र काँसका भाँडा वर्तनहरु, होटल व्यवस्थापन
३    स्वास्थ्य                                         अस्पताल, क्लिनिक
४    शिक्षा                                                 उच्च माध्यमिक(१०+२)तह, स्नातक तह, स्नातकोत्तर तह, प्राविधिक एवं स्वास्थ्य शिक्षा
५    यातायात                                        सहरी/ग्रामिण सडकमा विस्तार
६    पर्यटन                                               आन्तरिक तथा बाह्य पर्यटन, पर्यटन अगुवा तथा सहायक, पर्यटन सूचना केन्द्र
७    बैंकिङ तथा वित्तिय संस्था                        संयुक्त लगानीका वाणिज्य बैंकहरु, फाइनान्स कम्पनीहरु

यी पर्याप्त अवसरहरु वाणिज्य क्षेत्रमा विद्यमान रहे तापनि विगत केहि वर्षदेखी मुलुकमा अशान्ति, बन्द, विस्फोट, चक्काजाम, द्धन्द्ध, हिंसा र असुरक्षाजस्ता गैरसामाजिक एवं अनुत्पादक क्रियाकलापहरु बढ्दै गएकाले व्यापार–व्यवसायमा मन्दी आएको छ । त्यसैले माथि उल्लेखित व्यावसायिक क्षेत्रहरुको विकासलाई पोखरामा बढावा दिई तिनिहरुको व्यापारलाई दिगो वनाउन यहाँको स्थानिय प्रशासन, उद्योगपति, व्यापारी, होटल व्यवसायी, समाजसेवी, उपभोक्ता समूह आदिको महत्वपुर्ण भूमिका रहन्छ । तसर्थ पोखराको वाणिज्य क्षेत्रमा देखिएका विभिन्न चुनौतिहरुको सामना एवं व्यापारीक अवसरहरुलाई पहिचान गरी निर्यातयोग्य बस्तुहरु अन्र्तराष्ट्रिय बजारमा पु¥याउनु सवैको दायित्व हुन आएको छ ।
निष्कर्ष
पोखरा उपत्यकामा बढ्दो सहरीकरण, आन्तरिक वसाइ सराइमा वृद्धि एवं वाणिज्य क्षेत्रमा आधारभूत आवश्यकताहरु थपिदै जानुको कारण व्यापार व्यवसायलाई अँगाल्ने प्रवृत्ति जनतामा बढ्दै गएको छ । साथै मूलुक अन्तर्राष्ट्रिय व्यापार संगठनको सदस्य भएको सन्दर्भमा अन्तर्राष्ट्रिय बजारमा पोखराका निर्यातयोग्य बस्तुहरुको प्रवेश गराउने समय आएको छ । पोखरा भौगोलिक, व्यापारीक, आर्थिक एवं रोजगारीको दृष्टिकोणले एक उर्वर भूमि भएको र यहाँका उद्योग, व्यापारलाई संस्थागत रुप दिने काममा प्रारम्भदेखि नै उद्योग वाणिज्य संघ निरन्तर लागिरहेकाले पोखराको वाणिज्य विकास दिगो हुने देखिन्छ । यसको प्रयोजनका लागी यहाँका उद्योगी, व्यापारी, उपभोक्ता समूह,नागरिक समाज एवं अन्य संघ–संस्थाको प्रमुख भूमिका रहन्छ । तसर्थ पोखराको वाणिज्य विकासमा निरन्तरता दिने सम्बन्धित निकायबाट शान्ति सुव्यवस्था एवं अमनचयन कायम गरी जनमानसमा लगानी सुरक्षाको अनुभूति दिलाउनु अपरिहार्य भएको छ ।

सन्दर्भसूचि
अधिकारी,रमेश(२०५६),पोखरा उपत्यका र चिनारी,हेरालो पोखरा, अवलोकन, अंक १, हेरालो प्रतिष्ठान,पोखरा, ८७–९

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *