role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखरामा यातायात क्षेत्रको विकास र व्यवस्थापन

पोखरामा यातायात क्षेत्रको विकास र व्यवस्थापन
रमेश गिरी
अध्यक्ष, पोखरा बस व्यवसायी समिति, पोखरा

(पोखरा उद्योग बाणिज्य संघबाट बि.सं.२०६१ मा प्रकाशित ‘स्वर्ण जयन्ती स्मारिका’ बाट साभार)
यातायातको समुचित विकास र व्यवस्थापन सर्वाङ्गिण विकासको भौतिक पूर्वाधार हो । यातायातको विकासबिना अन्य भौतिक विकासले तीव्रता प्राप्त गर्न नसक्ने भएकाले नै यातायातलाई विकासको मेरुदण्ड मानिएको छ । क्रमिक तर सुस्त विकासको गतिलाई यातायातको पहुँचले सहजता एवं तीव्रता प्रदान गर्दछ ।
अन्नपुर्ण हिमशृङ्खलाको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण मनोरम पोखरा पर्यटकिय सहरको रुपमा विकसित हुदै आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्यो । शिक्षा, स्वास्थ्य, सञ्चारको बढ्दो सुविधा र क्षेत्रिय प्रशासनिक केन्द्र बन्नाका कारण सहरीकरणको प्रक्रियाले तीव्रता प्राप्त ग¥यो । सेवा र सुविधाहरुको विस्तारसँगै औद्योगिक एवं व्यापारिक गतिविधिको विस्तारले रोजगारीका अवसरहरु विस्तार भयो । सहरीकरणको प्रक्रियासँगै सुविधा र अवसरहरुको खोजी एवं उत्तम वासस्थानको चयनका लागी मुख्यतया गण्डकी र धौलागिरी अञ्चलका विभिन्न जिल्लाहरुको ग्रामिण क्षेत्रहरुबाट बसाइँ सराइ गरी आउने मानिसहरुको चापले पोखरालाई घना वस्ती र तीव्र जनसंख्या वृद्धिदर रहेको सहरमा परिवर्तन गरेको छ ।
पोखराको समग्र विकास सँगसँगै यातायात क्षेत्रको पनि द्रुत विकास भएको पाइन्छ । वि.सं. २०२० तिर ढुंगाले छापेको र धुले गरी सवारी चल्नसक्ने करिब १२ कि.मि. सडकमा दुई–तीनको संख्यामा जीप र पोखरा म्याच फ्याक्ट्रीमा सिमलको गोलिया ढुवानीका लागी लरी (ट्रक) हवाइजहाजद्धारा ल्याएर सञ्चालन गरेपछि पोखरामा यातायात सेवा प्रारम्भ भएको हो । सार्वजनिक यात्रुवाहक बस सेवा भने वि.सं. २०२७ सालतिर “९ नं. ढ्वाङ” भनेर चिनिने मिनिबसबाट प्रारम्भ भएको पाउँछौ ।
पोखराको यातायात विकास प्रारम्भ गर्ने पूर्वजहरु नै आजको व्यवस्थित यातायातका जनक हुन् । एकपछि अर्को प्रयास र सुधारले आजको अवस्थासम्म यातायातलाई पु¥याउन सकिएको हो । आजको पिँढीले गरेको सुधारको प्रयास र व्यवस्थापनले प्रभाव र प्रतिफल कम्तीमा एक दशकपछि मूल्यांकन हुने नै छ । पोखरामा साना सवारीतर्फ २–३ जीप, ढुवानीतर्फ १ लरी र सार्वजनिक यात्रु वाहनतर्फ “९ नं. ढ्वाङ” (मिनिबस) बाट सुरु भएको यातायातको क्रमिक विकासको गतिलाई वि.सं. २०२६ मा सिद्धार्थ राजमार्गको निर्माणले तीव्रता प्रदान ग¥यो । सहरभित्र कालोपत्रे सडक र ट्याक्सी समेतका सवारी साधनहरुको वृद्धि देखा पर्न थाल्यो ।
वि.सं. २०२९ सालमा काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको निर्माणसँगसँगै पोखरामा पर्यटन, वाणिज्य, शिक्षा, स्वास्थ्यको क्षेत्रमा भएका विकासका गतिविधिले बसाइँ सराइ गरी पोखरा आउनेहरुले गर्दा बाक्लिदैँ गएको सहरी बस्तीका कारण आन्तरिक यातायातका पूर्वाधारहरु समेत विकसित हुँदै गयो । २०३२ सालसम्म पृथ्वी र सिद्धार्थ राजमार्गमा मात्र यात्रु बस सेवाहरु सञ्चालनमा रहेकोमा २०३३ सालदेखी पश्चिमाञ्चल भूतपूर्व सैनिक ट्रान्सपोर्ट कम्पनीले ४ वटा बस नगरमा सञ्चालन गरेपछि राजधानी काठमाडौँपछि नगर बस सञ्चालित पहिलो सहर पोखरा भयो । तिनै ४ वटा बस नगरमा सञ्चालन गरेपछि आजको पोखरा बस व्यवसायी समिति अन्तर्गतको माइक्रो मिनिबस सेवा रहेको छ ।
२०३३ सालमा नगरमा सार्वजनिक भाडाका सवारीतर्फ ४ वटा नगर बस, १३ वटा ट्रक र करिब १०० ट्याक्सी रहेको पोखरामा यातायात साधनहरुको संख्या तीव्र गतिमा वृद्धि हुदै गयो । विसं २०४९ मा पोखरा–वाग्लुङ सडक निर्माण र क्यावको नाममा भित्रिएका नयाँ ट्याक्सीहरुसँगसँगै यातायात क्षेत्रमा थप अवसर ,परिवर्तन र चुनौतिहरु भित्रिए । खासगरी ट्याक्सीहरुको बजार विस्तारीकरण हुँदै (पोखराभित्र मात्र सेवामा संलग्न ट्याक्सीहरु) कुस्मा, बागलुङ र स्याङजासम्म सेवा प्रदान गर्न पुग्यो ।
२०५८ सालमा पोखरा बस व्यवसायी समितिले सम्पूर्ण ठूला बसहरु नगरको सार्वजनिक सेवाबाट विस्थापित गरी माइक्रो मिनिबसहरु सेवामा समाहित गरेपछि पोखराको सार्वजनिक यात्रुहरु सवारी साधनको अवस्था र सञ्चालन दुवैमा ठूलो परिर्वतन देखा पर्न गयो । व्यवसायी स्वयंबाट भएको यो सुधारको कार्यक्रमलाई सबै पक्षबाट सकारात्मक रुपमा ग्रहण गर्दै आवश्यक सम्पूर्ण सहयोग प्रदान भयो र कार्यक्रमको सफलताले पोखराको सार्वजनिक यातायातमा क्रान्तिकारी परिवर्तन भयो । विसं २०५८ सालसम्म ६९ वटा ठूला वस रहेको पोखरा बस व्यवसायी समितिले आफ्ना सम्पूर्ण बसहरु नगर सेवाबाट विस्थापित गरी १३५ वटा मिनि माइक्रो बसहरु सञ्चालनमा ल्याएपछि पोखरामा आन्तरिक यातायातमा उल्लेखनिय सुधार भयो । घना आवादी रहेका मुख्य सहरी क्षेत्रमा प्रत्येक १ मिनेटमा र पातलो सहरोन्मुख बस्तीमा प्रत्येक ५ देखी ७ मिनेटको अन्तरमा सेवा सञ्चालनका कारण सम्रग पोखराको आन्तरिक यातायात नूतन, स्तरिय, सुलभ र भरपर्दो बन्न पुग्यो ।
विसं २०३० सम्म २४ किमि सवारी सञ्चालनयोेग्य सडक र कुल ११७  सवारी साधन रहेको पोखरामा २०६० सम्ममा मोटरसाइकल सरकारी एवं निजी र सार्वजनिक भाडाका सवारी साधनसमेत गरी २६,००० सवारी साधन सञ्चालनमा रहेका छन् । ती सवारी सञ्चालनको लागी ७४ किमि आवासीय सडकसमेत जम्मा २०५ किमि कच्ची धुले र कालोपत्रे सडक रहेको छ । पोखरा नगर क्षेत्रमा मात्र हाल सार्वजनिक भाडाका माइक्रो मिनिबस १३५, माइक्रो बस १७, ट्याक्सी १८०० सञ्चालनमा रहेका छन् ।
पोखरा नेपाल अधिराज्यभर मुख्य सहरहरुसँग सीधा यातायात सेवाबाट जोडिएको छ । सिद्धार्थ राजमार्ग र मुग्लिङ नारायणघाट सडकबाट महेन्द्र राजमार्गसँग जोडिएर मेची–महाकालीको यातायात सञ्जालसँग पोखरा जोडिएको छ । पोखरा बाट  लामो दुरीका लागी ९०१ बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्धारा सञ्चालित छन् । गण्डकी र धवलागिरी अञ्चलभित्रका विभिन्न स्थानहरुसम्म पोखरालाई यातायातले जोड्ने काम धवलागिरी बस सञ्चालक समिति (धवलागिरी अञ्चलबाट लामो दूरीमा समेत सेवा सञ्चालन गर्दछ), स्थानिय मिनिबस व्यवसायी समिति, गण्डकी मझौला मिनिबस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति अन्तर्गतका करिब ३५० बस तथा मिनिबसहरुले गरेका छन् ।
ढुवानी सेवातर्फ अधिराज्यभरिबाट ट्रकहरु सामान ओसारपोसार गर्दै पोखरा आउने र जानेको संख्या एकिन हुन नसके तापनि पोखराभित्र करिब ४०० ट्रक आन्तरिक ढुवानीमा संलग्न रहेका छन् । यसबाहेक पर्यटन बाहन, निजि एवं सरकारी सवारी साधन, व्यापारीक प्रयोजनका डेलिभरि भ्यान र साना ठूला ट्रयाक्टर गरी ५००० भन्दा बढी सवारी साधनसमेत पोखराभित्र सञ्चालित छन् । पोखराको आन्तरिक यातायात र पोखराबाट नेपाल अधिराज्यभरिको यातायात सेवामा अत्यधिक सवारी साधनहरु संलग्न रहेका र सवारी साधन अत्यधिक भएकै कारण सवारी साधन एकपटक सञ्चालित भएर आएपछि ३ देखी ४ दिनसम्म ख्भअजष्अभि ज्यष्मिबथ मा रहने गरेका छन् । यसरी समग्रमा हेर्दा मनोरम पर्यटकिय सहर पोखरा जनसंख्या र सडकको अनुपातमा अत्यधिक सवारी चापमा रहे तापनि व्यवस्थापन पक्ष व्यवस्थित, भरपर्दो र सन्तोषजनक देखिन्छ ।
पोखरामा सार्वजनिक यातायातका सवारी साधनको तीव्र गतिमा बढ्दो संख्याले भएको अत्यधिक चापका कारण सहर भित्र स्टपेज, पार्किङ र दुर्घटना एवं प्रदुषण डरलाग्दो अवस्थाबाट जोगाई व्यवस्थित यातायात व्यवस्थापनका लागि गण्डकी अञ्चल यातायात व्यवस्थापन समितिले मिति २०६०÷०७÷१८ गतेदेखी लागू हुनेगरी २ वर्षका लागी थप सार्वजनिक यातायात सवारी साधनहरुलाई रुट इजाजत नदिने र पुराना सवारी विस्थापन भएमा त्यसको सट्टामा नयाँ सवारी साधनहरुलाई मात्र रुट इजाजत दिने निर्णाय गरी डा. विश्वमान श्रेष्ठको संयोजकत्वमा गठित “पश्चिमाञ्चल क्षेत्रिय सदरमुकाम पोखरा यातायात व्यवस्थापन अध्ययन सुझाव समिति” को अध्ययन प्रतिवेदनको सुझावको कार्यान्वयन प्रारम्भ गरेको छ । जसबाट अनावश्यक सवारी, अति सवारी र पुराना सवारीबाट पोखरालाई जोगाउने सकारात्मक कार्यको प्रारम्भ भएको छ ।
पोखराको यातायातलाई व्यवस्थित पार्न पोखरा उद्योग वाणिज्य संघ यातायात व्यवसायी समिति एवं अन्य सम्वन्धित निकायहरुसँगको सहकार्यमा सदैव क्रियाशिल रहँदै आएको छ । पोखरा नगर बस स्टप बोर्ड निर्माणमा र “पश्चिमाञ्चल क्षेत्रिय सदरमुकाम पोखरा यातायात व्यवस्थापन अध्ययन सुझाव समिति” लाई आवश्यक कोष संकलनमा पु¥याएको आर्थिक सहयोग विशेष उल्लेखनिय रहेको छ ।
पोखरा सदैव आफ्नो प्राकृतिक स्वरुपमा रहनुपर्छ । पोखराभित्र बसोबास गर्ने पेसा–व्यवसाय गर्ने सवैको भविष्य पोखरा पर्यटन विकाससँग गाँसिएको छ र पर्यटनको विकास पोखराको पर्यावरणीय संरक्षणसँग गाँसिएको छ भन्ने सदैव सम्झनुपर्दछ । कुनै पनि पेसा–व्यवसायभित्रका नकारात्मक पक्षबाट पोखरालाई अतिक्रमित हुन नदिन सम्बन्धित पेसा–व्यवसायका सञ्चालकहरु व्यक्तिगत एवं संस्थागत रुपमा सजग रहनु अनिवार्य छ । हाम्रो क्षणिक लोभको सोचाइले दीर्घकालिन रुपमा नकारात्मक प्रभाव पर्न जान्छ । तसर्थ यातायात क्षेत्रमा संलग्न व्यवसायी एवं संस्थाहरुले समेत भविष्यको पोखराको यातायात व्यवस्थापनको लागी अहिलेबाट सञ्चालन अवधारणा बनाएर विभिन्न सरकारी एवं गैरसरकारी निकाय र नागरिक समाजसँग सहकार्य गर्दै वृहत पोखराको यातायात सञ्चालन अवधारणा प्रस्तुत गर्नु सान्दर्भिक र व्यावहारिक हुन्छ । एकताका पोखरा उद्योग वाणिज्य संघको अग्रसरतामा पोखरामा टेम्पो भित्रिन नदिने जुन प्रयास भयो, त्यसले पोखरालाई प्रदुषित हुनबाट केही जोगाएको अनुभूति गरिएको छ भने  “पश्चिमाञ्चल क्षेत्रिय सदरमुकाम पोखरा यातायात व्यवस्थापन अध्ययन सुझाव समिति” लाई आवश्यक कोष संस्था, निकायहरुसँग सहकार्यमा सधैँ क्रियाशिल र रचनात्मक रहँदै आएको विशेष उल्लेखनीय छ । यो संघ उपत्यकाको यातायातलाई व्यवस्थित पार्न सम्वन्धित संघ, संस्था, निकायहरुसंग सहकार्यमा सधै क्रियाशिल र रचनात्मक रहँदै आएको विशेष उल्लेखनिय छ ।
पोखरा उपत्यकाभरि नै समानरुपले यातायात सेवा पु¥याउन सके उपत्यकाभित्र रहेका सम्पूर्ण अनमोल निधिहरुको अवलोकनको सहजताले पर्यटन विकासलाई टेवा पु¥याउँछ भने सो क्षेत्रहरुमा हुने वस्ती विस्तारीकरणले मुख्य सहरी क्षेत्रभित्र थप चाप बढ्न नजाने हुँदा सबै प्रकारको हालको व्यवस्थापनमा जटिलता उत्पन्न हुँदैन र सहरलाई सफा, स्वच्छ र व्यवस्थित बनाइराख्न सम्भव हुन्छ । तसर्थ, पोखरा उपत्यकाभित्रको यातायात सञ्चालन पद्धतिलाई “पोखरा उपत्यका यातायात व्यवस्थापन समिति” गठन गरी एउटै छातामुनि ल्याउने र सो समितिमा स्थानिय प्रशासन, नगर एवं उपमहानगरपालिका, यातायात व्यवसायीहरु, ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय, मजदुर संघ–संघठनहरु, उपभोक्ता एवं प्रवुद्ध नागरिक समाजका प्रतिनिधिहरुको प्रतिनिधित्व रहने व्यवस्था गर्नु सान्दर्भिक हुन्छ । यसरी गठित समितिले आवश्यकताको अध्ययन र व्यवस्थापन, सञ्चालन प्रक्रियाको निर्देशन र अनुगमन, बसपार्क, स्टपेज, पार्किङ आदिको पहिचान र व्यवस्थापनमा सहयोग पु¥याउने हुँदा हाल व्यवस्थित, नियमित, भरपर्दो स्थायी सहरी यातायातको विकास हुन जाने देखिन्छ ।
अन्तमा सहरी यातायातको व्यवस्थापन समयमा नै समुचित ध्यान पु¥याउन सकिएन भने यसले सहरको सम्पूर्ण विकासको प्रतिफललाई नकारात्मक असर पार्दछ । सुन्दर र विकसित सहर प्रदुषित मात्र पार्दैन, दुर्घटनाका हृदयविदारक घटनाहरुको कहालीलाग्दो रुपमा वृद्धि भएर जान्छ । तसर्थ सहरभित्रको सडकको अवस्था, लम्बाइ र क्षमतासँगसँगै दुर्घटना न्यूनिकरणका लागि अपनाइएका सुरक्षाका उपायहरुसमेतलाई ध्यानमा राख्दै आवश्यक सवारी साधनहरुको संख्या किटान गरी वर्षेनी थपघट गरी सवारी साधन सञ्चालन अनुमति प्रदान गर्ने परिपाटी बसाल्नु जरुरी र व्यावहारिक हुन्छ । प्रदुषित सहरलाई स्वच्छ पार्न जटिल र अति खर्चिलो योजनाको आवश्यकता पर्छ भने पोखरा जस्तो सुन्दर, स्वच्छ, सफा र मनमोहक सहरलाई जोगाइराख्न अझैसम्म उपयुक्त कार्यनिती तर्जुमा गरी कार्यान्वयन मात्र गरे पुग्छ भन्नेतर्फ सबैको ध्यान जानु जरुरी छ । अन्यथा हामीले नै जानेर वा नजानेर अन्धाधुन्ध भित्र्याएका सवारी साधनहरु भोलिको दिनमा हामै्र लागी अभिषाप बन्नेछन् र हामी पोखराबासीले मात्र नभई पोखरालाई मन पराउने र माया गर्ने सबैले आजको जस्तो पोखरा कहिल्यै पाउन सक्ने छैनौं भन्ने विर्सनुहुदैन ।

 

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *