role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखरामा कृषि उद्यमको वर्तमान अवस्था र सम्भावनाहरु

यामप्रसाद गौतम
सेवा निवृत्त, कृषि विज्ञ
कृषि विकासको पछिल्लो चरण भनेकै उद्योग हो । हालका दिनमा निर्वाहमूखी कृषि प्रणालीबाट कृषकहरु क्रमशः व्यवसायीकरण तथा विविधिकरण चरणबाट उद्यमतर्फ अग्रसर हुने क्रममा छन् । यसै क्रममा कृषिका विविध कार्यक्रमहरु गर्दै आइरहेका छन् । कास्की जिल्लाको प्राकृतिक सौन्र्दय र यातायात सुविधाका कारण पर्यटन एंव अन्य उद्योग व्यवसायहरुको क्रमिक विकास भइरहे तापनि अधिकांश जनताको जनजीविका र आर्थिक विकासमा कृषि क्षेत्रको अग्रणी भूमिका रहेको छ । कृषि क्षेत्रमा खाद्यान्न बालीको प्रमुख स्थान ओगटेको छ र पशुपालन व्यवसायको पनि महत्वपुर्ण भूमिका रहेको छ । खाद्यान्न बाली, पशुपालन, तरकारी खेती, फलफुल खेती एवं बेर्ना उत्पादन, बेमौसमी तरकारी र बीउ उत्पादन, दुध र दुग्ध पदार्थ उत्पादन, मत्स्यपालन र संरक्षण, कुखुरा तथा फुल उत्पादन, पशु आहार तथा दाना उत्पादन, कफी तथा बेर्ना उत्पादन, बेमौसमी तरकारी र मसला खेती, मौरीपालन, च्याउ खेती, जडीवुटी संरक्षण,रसायन एवं विषालु पदार्थरहित प्राकृतिक खाद्य उत्पादन, लोपोन्मुख फलफुल, बालीहरु तथा पशु संरक्षण आदि कृषिजन्य व्यवसायहरु कृषकहरुले अपनाउदै आएका छन् । कृषि विकासका विभिन्न पक्षहरु अँगाली उत्पादन प्रविधिमा सुधार एवं वृद्धि गराउन कास्की जिल्लाको कृषि विकास कार्यक्रममा प्रत्यक्ष रुपमा सघाउ पु¥याउने एजेन्सीहरुको नामावली यस प्रकार छ –
१.कृषि विकास कार्यालय,
२.पशु सेवा कार्यालय,
३.बागवानी फार्म मालेपाटन,
४.पशु विकास फार्म लामपाटन,
५.कृषि सामाग्री कम्पनी,
६.कृषि विकास बैंक,
७.जिल्ला सहकारी कार्यालय,
८.मत्स्य अनुसन्धान केन्द्र,
९.रेशम खेती विकास कार्यालय,
१०.जिल्ला सिंचाइ कार्यालय,
११.लुम्ले कृषि अनुसन्धान केन्द्र,
१२.ली बर्ड तथा गैरसरकारी संस्थाहरु ।
जैविक विविधताले भरिपुर्ण पोखरा उपत्यका करिब ६०० वर्षअघि हिमताल विस्फोेट भई निर्माण भएको विश्वास गरिन्छ । यो उपत्यका ६२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पोखरा उपत्यका काठमाडौँबाट करिब २०० किलोमिटर पश्चिममा पर्दछ । यस उपत्यकामा जम्मा साना–ठूला गरी आठ ताल छन् । यसको भू–बनोट मनोरम छ । यस उपत्यकाबाट हिमाली चुचुरोहरुको दृश्यावलोकन गर्न सकिन्छ । प्रसिद्ध पर्यटकिय ताल–तलैयाहरु, फेवा, वेगनास, रुपाताल र मनमोहक अन्नपुर्ण, माछापुच्छे्र जस्ता हिमचुलीहरु भएकोले विश्वकै मनोरम र महत्वपुर्ण पर्यटकिय केन्द्र पोखरालाई मानिएको छ ।
पोखरा उपत्यकामा बढ्दो जनसंख्याको चाप र सहरीकरणबाट विभिन्न किसिमका वातावरणीय प्रदुषण एवं विविध समस्या बढ्ने क्रम जारी छ । खाद्यान्न उत्पादक फाँटहरुमा भवन, सडक निर्माण बढ्दो छ , अतिक्रमण बढ्दो छ , फाँटहरु सुक्दैछन्, जनसंख्या र सहरीकरण बढ्दो छ । सन् १९५२ मा ३७५५ रहेको पोखरा उपत्यकाको जनसंख्या वृद्धि भएर १९९८ मा १,५७,०५५ पुगेको छ । यसरी नै सन् १९९९ देखी २००३ सम्म आइपुग्दा बढेर १,९७,६९१ पुगेको छ ।
कास्की जिल्लामा सञ्चालित कृषि उद्यमहरु
कास्की जिल्लामा सञ्चालित कृषिजन्य उद्यमहरु एकमुष्ट निम्नानुसार छन् । आर्थिक वर्ष २०५९/०६० मा घरेलु तथा साना उद्योग विभाग अन्तर्गत क्षेत्रिय कार्यालय पोखरामा दर्ता भएका कृषिजन्य उद्यमहरुको विवरण यस प्रकार छ ।
कास्की जिल्लामा कृषिजन्य उद्यमहरुको विवरण

[tables caption=”पोखरामा कृषि उद्यमको वर्तमान अवस्था र सम्भावनाहरु” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
क्र.सं.,    उद्देश्य,                           उद्योग संख्या,    पुजीँ लगानी रु.,    कुल उत्पादन रु.,    कुल रोजगारी
१,        अन्य खाद्य उत्पादन,         ५७१,                   ४५५१८१७१२६,    १३५०३७६९७८,         २४७०
२,       पशु दाना उत्पादन,                  ६५,                 १०५४०२७४३,    ३००५६२९५९,               ४६१
३,       बेकरी तथा चाउचाउ उद्योग,    ६३,                ६९४०८२६०,    १४२१५६९८८,                 ५४८
४,        कुखुरा पालन र लाइभस्टक,    २४,                ८१९३७०००,    ११४७०२५००,                 १६८
५,       दुग्ध तथा दुग्ध पदार्थ,            १५,                 २७७०७७००,    ७१७५८१००,                    १३१
६,       तेल उत्पादन,                          १३,                  २८४९१७४८,    ५६४२८७८९,                    ८६
७,       माछापालन,                             ७,                   २५८५००००,    ५५८२४९००,                    ७०
८,     वन ( नर्सरी ),                             ४,                   ६४०००००,    ९३७००००,                       ४२
९,       साबुन, कस्मेटिक्स,                   ३,                  १९७२४००,    १२४४००००,                    १५
१०,    उनी धागा,                                  ४,                  ६२५८०००,    ५५३२००००,                  ४०६
११,    कृषि प्लान्टेसन,                         ४,                 ३०६७५००,    ६९५७१८०,                       ३५
१२,    कोल्ड स्टोरेज र गोदाम,              ५,                ४७९७६०००,    २९६७५०००,                   ३५
१३,    कागज र कागजका वस्तुहरु,        ३,               १९४६५२४०,    १२८८९००००,                   ७८
१४,    मासु प्रशोधन तथा प्याकिङ,           ३,                 ४५५८००००,    ११४९००००,                ६२
जम्मा,                                                 ७८४,                 ९४१५४९९०३,    २४५७९५३३९४,    ४६०७

 

[/tables]
स्रोतः श्री ५ को सरकार, घरेलु तथा साना उद्योग विभाग, क्षेत्रिय कार्यालय पोखरा ।
तालिका अनुसार क्रमशः १ देखी १४ सम्म ७८४ कृषि उद्यमहरु आर्थिक वर्ष २०५९ /०६० मा नविकरण गरी सञ्चालनमा रहेका छन् । यस आर्थिक वर्ष २०६०/०६१ मा नियम परिर्वतन भई कतिपय उद्योगहरु नवीकरण हुन बाँकी रहेका र यथार्थ अवस्था स्पष्ट भई नसकेको हुँदा आर्थिक वर्ष २०५९/०६० मा दर्ता भएका उद्योगहरुको विवरण प्रस्तुत गरिएको छ ।
१. अन्य खाद्य उत्पादन उद्यमहरु
यस शीर्षक अन्तर्गत सञ्चालित उद्यमहरु सबैभन्दा बढी ५७१ वटा अन्य खाद्य उद्यमहरु रहेको छन् । जसमा जम्मा रु ४५,५१,८१,७१२ ( पैंतालीस करोड एकाउन्न लाख एकासी हजार सात सय बाह्र रुपैयाँ ) लगानी भएको छ भने यसबाट आय रु. १,३५,०३,७६,९७८ ( एक अर्ब पैंतीस करोड सैंतीस लाख छ हजार नौ सय अठहत्तर रुपैंया ) बराबर उत्पादन हुने देखिन्छ र यी उद्योगहरुबाट जम्मा २,४७० जनाले रोजगार पाएका छन् ।
२.पशुदाना उत्पादन उद्योग
दोश्रो ठूलो उद्योगको रुपमा पशुदाना उद्योग रहेको छ । जसमा जम्मा ६५ वटा साना ठूला उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगहरुमा जम्मा रु १०,५४,०२,७४३ ( दश करोड चवन्न लाख दुई हजार त्रिचालिस रुपैया ) लगाइएको छ र रु. ३०,०५,६२९५९ ( तीस करोड पाँच लाख पैंसठ्ठी हजार दुई सय पञ्चानब्वे रुपैयाँ ) को कुल उत्पादन भएको छ ।
३. बेकरी तथा चाउचाउ उद्योग
तेश्रो स्थानमा बेकरी तथा चाउचाउ उद्योग परेका छन् । जसमा जम्मा ६३ वटा उद्योग छन् । जम्मा ५४८ जनाले रोजगारी पाएका छन् । जम्मा जम्मी रु. ६,९४,०८२,६० ( छ करोड चौरानब्बे लाख बयासी हजार साठी रुपैंया ) लगानी गरिएको छ भने रु. १४,२१,५६,९८८ ( चौध करोड एक्काईस लाख छपन्न हजार नौ सय अठासी ) बराबरको कुल उत्पादन हुन्छ ।
४. कुखुरापालन÷लाइभस्टक व्यवसाय
यसमा जम्मा २४ वटा उद्योग व्यवसाय रहेका छन् । यस व्यवसायबाट जम्मा १६८ जनाले काम पाएका छन् । यस क्षेत्रमा कुल लगानी रु. ८,१९,३७,००० ( आठ करोड उन्नाइस लाख सैंतिस हजार) छ र यसबाट कुल उत्पादन रु. ११,४७,०२,५०० ( एघार करोड सतचालीस लाख दुई हजार पाँचसय) छ ।
५.दुध तथा दुग्ध पदार्थ
यसमा ठूला–साना गरी १५ वटा उद्योग सञ्चालनमा रहेका छन् । यी उद्यमहरुबाट १३१ जनाले रोजगारी पाएका छन् । यी उद्यमहरुमा जम्मा रु. २,७७,०७,७०० ( दुई करोड सतहत्तर लाख सात हजार सात सय रुपैयाँ ) लगानी गरिएको छ । उद्योगहरुबाट एकमुष्ट रु. ७,१७,५८,१०० ( सात करोड सत्र लाख अन्ठाउन्न हजार एक सय रुपैयाँ ) बराबर उत्पादन हुन्छ ।
६.तेल उत्पादन व्यवसाय
यस व्यवसायमा जम्मा १३ वटा उद्योग संलग्न रहेका छन भने जम्मा ८६ जनाले रोजगारी पाएका छन । कुल पुँजी रु. २,८४,९१,७४८ ( दुई करोड चौरासी लाख एकानब्बे हजार सात सय अठ्चालीस रुपैयाँ ) लगानी गरिएको छ भने यसबाट कुल उत्पादन रु. ५,६४,२८,७८९ ( पाँच करोड चौंसठ्ठी लाख अठ्ठाइस हजार सात सय उनासी रुपैयाँ हुने गर्दछ ।
७.माछापालन व्यवसाय
माछापालन व्यवसायमा जम्मा ७ वटा उद्यम संचालनमा रहेका छन र यस उद्यमबाट ७० व्यक्तिले रोजगारी पाएका छन् । जम्मा पुँजी रु २,५८,५०,००० ( दुई करोड अन्ठाउन्न लाख पचास हजार रुपैयाँ ) लगानी रहेको छ भने कुल उत्पादन रु ५,५८,२४,९०० ( पाँच करोड अन्ठाउन्न लाख चौबीस हजार नौ सय ) छ ।
८.वन नर्सरी
वन नर्सरी सामान्यतया कृषि उद्यममा नपर्नेजस्तो देखिन्छ तर वास्तवमा कृषि व्यवसायको ठूलो हिस्सा वन विना रहन सक्दैन किनभने कृषिका सम्पुर्ण आधार वनमा निर्भर छ । ग्रामिण जीवनको मूल प्राण नै वन हो भन्दा कुनै अर्घेलो हुनेछैन । वन नर्सरीमा घाँस, दाउरा, घरेलु उपयोगका औजारहरुमा बिँडहरु हलो, जुवा, अनौ आदि जस्ता विविध सामग्री आउने स्रोत नै वन रहेको पाइन्छ । हालसम्म ४ वटा वन नर्सरीहरु स्थापना भएका छन, जसमा ४२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन । यस कार्यमा जम्मा रु. ६४,००,०० ( चौंसठ्ठी लाख ) पुँजी लगानी भई रु. ९३,७०,००० ( त्रियानब्बे लाख सत्तरी हजार ) उत्पादन हुने गरेको छ ।
९. साबुन र कस्मेटिक उद्योग
साबुन र कस्मेटिक उद्योगको लागी आवश्यक पर्ने अधिकांश कच्चापदार्थको उत्पादन कृषिजन्य एवं वनजन्य उत्पादनबाट आपूर्ति गरिन्छ । यसमा जम्मा तीन उद्योग रहेका छन । जम्मा १५ जना व्यक्तिले रोजगारी पाएका छन । पुँजी लगानी रु. १,९७,२४,००० (एक करोड सन्तानब्बे लाख चौबिस हजार) लगानी भएको छ र यसबाट कुल उत्पादन रु. १२,४४,०० ( बाह्र लाख चौवालीस हजार ) रुपैया छ ।
१०.उनी धागो व्यवसाय
यस व्यवसायमा जम्मा ४ वटा उद्यम सञ्चालनमा रहेका छन् । यसमा ४०६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन र यस व्यवसायमा जम्मा रु. ६२,५८,००० ( बैसठ्ठी लाख अन्ठाउन्न हजार ) पुँजी लगानी भएको छ भने यो उद्योगबाट जम्मा रु. ५५,३२,००० ( पचपन्न लाख बत्तीस हजार ) कुल उत्पादन हुने गर्दछ ।
११.कृषि प्लान्टेसन
कृषि प्लान्टेसनमा विभिन्न फलफुल, तरकारी तथा घाँस, दाउरा एवं खेतीबारीको आँठो, कान्लो तथा खाली पाखो बारीमा लगाउने विभिन्न बोट विरुवा पर्दछन । यसमा जम्मा ४ वटा उद्योग दर्ता भई कार्य सञ्चालन गरेको पाइन्छ । यस व्यवसायबाट ३५ जनाले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ । यस धन्दामा जम्मा रु. ३०,६७,५०० (तीस लाख सतसठ्ठी हजार पाँच सय) लगानी भएको छ र यसबाट जम्मा रु. ६९,५७,१८० ( उनान्सत्तरी लाख सन्ताउन्न हजार एक सय असी ) रुपैयाँ बराबरको कुल उत्पादन हुने गरेको छ ।
१२. कोल्ड स्टोरेज र गोदाम
यस शीर्षक अन्तर्गत जम्मा ५ वटा उद्योगहरु सञ्चालन गर्दै आइरहेका छन् । यस क्षेत्रमा जम्मा पुँजी लगानी रु. ४,७९,७६,००० ( चार करोड उनासी लाख छहत्तर हजार ) छ र यस उद्यमबाट कुल उत्पादन रु. २,९६,७५,००० ( दुई करोड छयानब्बे लाख पचहत्तर हजार ) बराबर उत्पादन हुने गर्दछ । यस व्यवसायबाट ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
१३. कागज र कागजका वस्तुहरु उत्पादन
यस क्षेत्रमा नेपाली कागज उत्पादन हुन्छ र यसको विस्तार गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन । कागज र यसबाट बनेका बस्तुहरुबाट हालको रासायनिक तथा प्लास्टिक प्रदुषणबाट पीडीत वातावरणमा कागजका वस्तुहरु थैलो, झोला र प्याकिङ सामग्रीहरुको महत्व बढ्दो छ । यस्ता कागज उद्योगबाट वातावरण प्रदुषण रोक्न ठूलो सहयोग पुग्ने देखिन्छ र प्रोत्साहित गर्नुपर्ने देखिन्छ र प्रोत्साहित गर्नुपर्छ । हालसम्म जम्मा ३ वटा यस्ता व्यवसाय सञ्चालनमा रहेका छन । जसबाट ७८ जनाले रोजगारी पाएका छन् । यस व्यवसायमा कुल पुँजी रु. १,९४,६५,२४० (एक करोड चौरानब्बे लाख पैंसठ्ठी हजार दुई सय ) पुँजी लगानी भएको छ र रु. १,२८,९०,००० (एक करोड अठ्ठाइस लाख नब्बे हजार ) बराबर उत्पादन हुने गर्दछ ।
१४. मासु प्रशोधन तथा प्याकिङ उद्योग
यस व्यवसायमा जम्मा ३ उद्यम सञ्चालनमा रहेका छन् । जम्मा ६२ जना व्यक्तिले रोजगारी पाएका छन् । यसमा जम्मा रु. ४,५५,८०,००० ( चार करोड पचपन्न लाख आसी हजार ) कुल पुँजी लगानी गरी रु. १,१४,९०,००० ( एक करोड चौध लाख नब्बे हजार ) उत्पादन रहेको छ ।
समष्टिमा उपरोक्त १४ वटा कृषि क्षेत्रसंग सम्बन्धित उद्योग÷व्यवसायको संख्या ७८४ रहेको छ । जसबाट ४६०७ जना प्रत्यक्ष रुपमा रोजगारीमा संलग्न रहेका छन भने सबै उद्योग व्यवसायमा कुल पुँजी रु. ९४,१५,४९,९०३ ( चौरानब्बे करोड पन्ध्र लाख उनन्चास हजार नौ सय तीन ) र कुल उत्पादन रु. २,४५,७९,५३,३९४ (दुई अर्ब पैंतालीस करोड उनासी लाख त्रिपन्न हजार तीन सय चौरानब्बे रुपैयाँ) छ ।
पोखरामा विकास कार्य थालनीको झलक
पोखरामा कृषि विकासको थालनी २०११ सालदेखी पशु डिस्पेन्सरी कार्यालयको स्थापनाबाट भएको हो । यस कार्यालयको स्थापनापछि विभिन्न चरण पार गर्दै हाल जम्मा पशु सेवा कार्यालय माटेपानी र जिल्ला कृषि विकास कार्यालय (२०२३ साल) देखी पार्दीमा सञ्चालनमा रहेका छन् । नेपालमा योजनावद्ध विकास कार्यक्रमको थालनी २०१३ सालदेखी भएको हो । यसै क्रममा २०१४ सालमा घरेलु इलम केन्द्र नदीपुरमा स्थापना भयो । २०१७–१८ सालमा चरन विकास कार्यक्रमको नामबाट हालको पशुविकास फार्म लामपाटन, बागवानी फर्म मालेपाटन, माछा विकास कार्यक्रम वैदाम हाल मत्स्य अनुसन्धान केन्द्र स्थापना भए । २०२१ सालमा कृषि सप्लाई संस्थान हालको कृषि सामग्री कम्पनी र २०२४ सालमा लुम्ले कृषि केन्द्र हाल कृषि अनुसन्धान केन्द्र लुम्ले र २०३४ सालमा पोखरा दुग्ध वितरण आयोजनाको स्थापना भएको हो । यातायात र विकासको क्रमसँगै विविध चरण पार गर्दै हाल पोखरामा विभिन्न स्तरका क्षेत्रिय तथा अन्य कार्यालयको स्थापना भई निर्वाहमुखी कृषिबाट विकसित हुदै औद्योगिक चरणमा प्रवेश गरेको छ ।
पोखरा उपत्यकामा सञ्चालित कृषिजन्य उद्यमहरु
पोखरा उपत्यकामा सञ्चालित कृषि उद्यमहरुमा मुख्य चार प्रकारका रहेका छन् । जसमा डेरी उद्योगहरु, दाना उद्योगहरु, ह्याचरी उद्योगहरु र मासु प्रशोधन उद्योगहरु रहेका छन् ।
पोखरामा हाल सहरीकरणको तीव्रता, पर्यटन व्यवसायको विकास तथा उपभोक्ताहरुको बदलिँदो मागको आधारमा दुध र दुग्ध पदार्थहरु अर्थात् प्रशोधित दुध, मक्खन, चीज, दहि, आइसक्रिम इत्यादिको माग बजारमा बढ्दै गइरहेको छ । यसरी बढ्दो मागको परिपूर्ति ग्रामिण तथा सहरी क्षेत्रका कृषकहरुद्धारा बढी मात्रामा दुध उत्पादन गराएर गर्न सकिन्छ । हाल यसै क्रममा दुग्ध विकास संस्थान र अन्य निजी क्षेत्रका डेरीहरु दूधको बजार विकसित गरी कृषकहरुलाई समूचित आम्दानीको बाटो खोलिदिएका छन । हाल डेरी उद्योगहरुबाट दूध संकलन गरी प्रशोधित दूध, मक्खन,घ्यू, दही, आइसक्रिम आदि सहरी उपभोक्तालाई पु¥याइरहेको छ भने अर्कोतिर सहरबाट लगभग दिनहुँ लाखौँ रुपैयाँ ग्रामीण कृषकहरुको हातमा पु¥याएको छ । पोखरामा सञ्चालित डेरी उद्योगहरु जम्मा ९ वटा छन् । ती ९ वटा उद्योगमा पोखरा दुग्ध वितरण आयोजना, श्री कृष्ण डेरी, सञ्जीवनी डेरी, बजगाई डेरी, रामजानकी डेरी प्रा.लि.,सहकारी डेरी (सप्तगण्डकी डेरी), लोकानन्द डेरी, पन्थी डेरी प्रा.लि रहेका छन् ।
१.डेरी उद्योगहरु
डेरी उद्योगहरुबाट दुध तथा दुग्ध पदार्थहरु दही, आइसक्रिम, चीज,बटर र घ्यू जस्ता खाद्यपदार्थहरु उत्पादन र विक्री गरिन्छ । यसमा जम्मा ९ वटा उद्योग सञ्चालनमा रहेका छन् । यी मध्ये पोखरा दुग्ध वितरण आयोजना श्री ५ को सरकार दुग्ध विकास संस्थान अन्तर्गत रहेको छ भने बाँकी उद्योगहरु सबै निजी क्षेत्रबाट सञ्चालित छन् ।
यी उद्योगहरुमा एकमुष्ट रु.९,११,७५,००० ( नौ करोड एघार लाख पचहत्तर हजार ) लगानी छ । यी उद्योगहरुबाट ९,३७८ मेट्रिक टन दुध, ४८२ मेट्रिक टन दही, २९:५ मेट्रिक टन आइसक्रिम, २६ मेट्रिक टन चिज, १२० मेट्रिक टन बटर र घ्यू २८७.१ मेट्रिक टन उत्पादन हुने गर्दछ । डेरी उद्योगहरुबाट जम्मा १९९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ७९७७ कृषकहरु लाभान्वित भएका छन् । पोखरा दुग्ध विकास संस्थान २०३४/०३५ सालमा स्थापना भएको थियो । २०३५ सालदेखी २०५८/०५९ सम्ममा सबैभन्दा पछिल्लो लोकानन्द डेरी उद्योग स्थापना भएको छ ।
दुधजन्य उद्योगहरुको छोटो विवरण

[tables caption=”पोखरामा कृषि उद्यमको वर्तमान अवस्था र सम्भावनाहरु” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
क्र.सं,    व्यवसायको नाम,                       दर्ता मिति,    व्यवसायको ठेगाना,                 उत्पादित वस्तु,                       लाभान्वित कृषक
१,         पोखरा दुग्ध वितरण आयोजना,    २०३४/०३५,    औद्योगिक क्षेत्र,                  प्रशोधित दुध,दही,चीज,वटर र घ्यू,    ४५३०
२,         श्री कृष्ण डेरी,                              २०५४/०५५,    औद्योगिक क्षेत्र,                    प्रशोधित दुध,दही,चीज,वटर र घ्यू,    ३०
३,         पन्थी डेरी,                                   २०५५/०५६,    चिप्लेढुङ्गा,                           प्रशोधित दुध,दही,चीज,वटर र घ्यू,    १५.५
४,         संजिवनी डेरी ,                               २०५७/०५८,    ले.न.पा–८,                            प्रशोधित दूध, दही, घ्यू,                    १२५
५,         बजगाई डेरी,                                   २०५७/०५८,    ले.न.पा–८,बुढिवजार,             प्रशोधित दूध, दही, घ्यू,                     ६५
६,        रामजानकी डेरी प्रा.लि,                    २०५७/५८,    सिर्जनाचोक,पोखरा–८,                प्रशोधित दुध,दही,आइसक्रिम,घ्यू,    २६७०
७,        सहकारी डेरी (सप्तगण्डकी डेरी),    २०५७/०५८,    पार्दी,पोखरा,                         प्रशोधित दुध,दही,आइसक्रिम,घ्यू,    ३४०
८,       लोकानन्द डेरी,                              २०५८/०५९,    पोखरा–१६,बाटुलेचौर,            प्रशोधित दुध,दही,आइसक्रिम,घ्यू,    २२
९,       पान्जी डेरी प्रा.लि,                            २०४५/०४६,    औद्योगिक क्षेत्र,                  प्रशोधित दुध,दही,आइसक्रिम,घ्यू,    १८०
जम्मा ,                ७९७७

[/tables]

 

पशुपंक्षीको दाना उत्पादन तथा बिक्री उद्योगहरु
सडक यातायात विकाससँगै पोखरामा उन्नत पशुपंक्षी पालनमा वृद्धि हुनाका कारण दानाको बेचविखन एवं उत्पादनमा समेत वृद्धि हुदै आएको छ । सर्वप्रथम २०२५ सालमा रत्न फिड इन्डस्ट्रिज काठमाडौँले काम सुरु ग¥यो । काठमाडौँ बाट चल्ला ल्याई हाइब्रिङ र लेयर्स कुखुरा पाल्नेहरुको संख्या वृद्धि हुदै गयो । त्यसपछि काठमाडौँकै नेपाल पोल्ट्री, खत्री फिड र भारतको हिन्द लिभर आदिले आ–आफ्नो डिपो खोली दाना र चल्ला उपलब्ध गराउन थाले । पशुपंक्षीको दाना वनाउन स्थापित शुक्लागण्डकी दाना उद्योग, औद्योगिक क्षेत्र, कास्कीको पहिलो उद्योग भए तापनी त्यो धेरै दिन रहन सकेन । अहिले यहाँ सञ्चालित दाना उद्योगहरुमध्ये २०३७ सालमा स्थापित सुन्दर फिड इन्डस्ट्रिज पोखरा दीप सबैभन्दा जेठो दाना उद्योग हुन आएको छ ।
२.दाना उद्योगहरु
पशुदाना उत्पादन उद्योगहरु जम्मा ११ वटा छन । ती उद्योगहरुमा सुन्दर फिड इन्डस्ट्रिज, बराल फिड इन्डस्ट्रिज, सानो फिड इन्डस्ट्रिज, रोशन दाना उद्योग, भगत दाना उद्योग, ग्रिनहिल फिड इन्डस्ट्रिज, हेम्जा फिड इन्डस्ट्रिज, भावना फिड इन्डस्ट्रिज, पौडेल फिड इन्डस्ट्रिज, गण्डकी फिड एण्ड पिग ब्रिडिङ फार्म, शिवशक्ति दाना उद्योग रहेका छन । यी उद्योगहरुबाट कुखुरा (ब्रोइलर, लेयर्स) को दाना, गाईभैँसीको दाना, सुँगुरको दाना उत्पादन गरिन्छ । जसमा सबै उद्योगहरुबाट ब्रोइलर दाना २,४९५ मेट्रिक टन, गाई–भैँसीको दाना १२९६ मेट्रिक टन, सुँगुरको दाना ५४० मेट्रिक टन, लेयर्स दाना १,५६० मेट्रिक टन उत्पादन गरिन्छ । यस उद्योगबाट ६९ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन भने उद्योगका उत्पादनहरु प्रयोग गरी ९३० जना कृषकहरु लाभान्वित भएका छन । यी उद्योग व्यवसायमा एकमुष्ट चालु तथा स्थिर पुँजी गरी रु ८५,८२,००० ( पचासी लाख बयासी हजार ) लगानी भएको छ ।
दाना उत्पादन उद्योगहरुको विवरण

[tables caption=”पोखरामा कृषि उद्यमको वर्तमान अवस्था र सम्भावनाहरु” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
क्र.सं.,    व्यवसायको नाम,            दर्ता मिति,    व्यवसायको ठेगाना,                   उत्पादित वस्त,                  लाभान्वित कृषक
१,         सुन्दर फिड इन्डस्ट्रिज,    २०३७/०३८,    पोखरा–१६— दिप,                   ब्रोइलर/गाई र भैसी,
२,         बराल फिड इन्डस्ट्रिज,     २०४९/०५०,    पोखरा–१७— विरौटा,              ब्रोइलर/गाई र भैसी/ लेयर्स,     २५०
३,        सानो फिड इन्डस्ट्रिज,       २०४०/०४१,    पोखरा–२— भैरवटोल,             लेयर्स र ब्रोइलर,                      १८०
४,        रोशन दाना उद्योग,         २०४४/०४५,    पोखरा–१६— दिप,                   लेयर्स र ब्रोइलर,                          ९०
५,        भगत दाना उद्योग,          २०४४/०४५,    पोखरा–१६—बाटुलेचौर,          लेयर्स र ब्रोइलर,                        १८०
६,        ग्रीनहिल फिड इन्डस्ट्रिज,    २०५२/०५३,    हेम्जा–९,                             लेयर्स र ब्रोइलर,                         ३०
७,        हेम्जा फिड इन्डस्ट्रिज,       २०५७/०५८,    हेम्जा–८,                              लेयर्स/ गाई र भैसी                     ४०
८,       भावना फिड इन्डस्ट्रिज,       २०५७/०५८,    हेम्जा–७,                              ब्रोइलर,                                      ६०
९,        पौडेल फिड इन्डस्ट्रिज,        २०५७/०५८,    हेम्जा–९,                             गाई र भैसी,                               २५
१०,     गण्डकी फिड एण्ड पिग ब्रिडिङ,    २०५६/०५७,    पोखरा–११— फुलबारी,    गाई/भैसी र दाना,
११,     शिवशक्ति दाना उद्योग,        २०४८/०४९,    पोखरा–११—रानीपौवा,      गाई/ भैसी र दाना,                       ७५
कुल जम्मा,     ९३०

[/tables]

 

३.ह्याचरी उद्योग
यस व्यवसायमा जम्मा ४ वटा उद्योग संचालनमा रहेका छन–विन्ध्येश्वरी ह्याचरी, सुन्दर फिड ह्याचरी,भगत ह्याचरी र पशु विकास फर्म ।
यी उद्योगहरुबाट चल्लाहरु उत्पादन गरिन्छ । सबै उद्योगहरुबाट एकमुष्ट ३,६४,००० ब्रोइलर, १,५१,००० लेयर्स उत्पादन गरिन्छ । यसमा पशु विकास फार्मबाट लेयर्स चल्ला उत्पादन गरी विक्री वितरण गरिन्छ भने प्राइभेट ह्याचरीहरुबाट ब्रोइलर चल्ला उत्पादन गरिन्छ । यस उद्योगमा जम्मा रु ३,३३,५०,००० (तिन करोड तेत्तीस लाख पचास हजार ) लगानी गरिएको छ , २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन र ८५० व्यक्ति लाभान्वित छन ।
ह्याचरी उद्योगहरुको विवरण

[tables caption=”पोखरामा कृषि उद्यमको वर्तमान अवस्था र सम्भावनाहरु” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
क्र.सं.,        व्यवसायको नाम,                दर्ता मिति,     व्यवसायको ठेगाना,       उत्पादित बस्तु,    लाभान्वित कृषक
१,                विन्ध्येश्वरी ह्याचरी,       २०३५/०३६,     पोखरा–२—अर्चलबोट,    ब्रोइलर चल्ला,
२,                सुन्दर (फिड) ह्याचरी,    २०३७/०३८,     पोखरा–१६— दीप,         ब्रोइलर चल्ला,               ५२
३,                भगत ह्याचरी,                २०४४/०४५,     पोखरा–१६— दिप,        ब्रोइलर चल्ला,                ३८
४,               पशु विकास फर्म,              २०३२/०३३,      पोखरा— लामपाटन,    लेर्यस चल्ला,                  ७६०
कुल जम्मा  ,  ८५०

[/tables]
४.मासु प्रशोधन उद्योग
यसमा जम्मा दुई उद्योग रहेका छन–  फिस्टेल फुड प्रोडक्स प्रा.लि, फेवा मिट प्रोडक्स प्रा.लि.
यी उद्योगहरुबाट विभिन्न किसिमका मासुका प्रकारहरु उत्पादन गरिन्छ । जसमा विभिन्न ससेज ( चिकेन, पोर्क, बफ ) र हाम वेकन तथा माछा तथा कुखुरका वोनलेस, स्कीनलेस मासु उत्पादन गरिन्छ । दुबै उद्योगबाट एकमुष्ट ७५ मेट्रिक टन चिकेन, ३२ मेट्रिक टन पोर्क, ३ मेट्रिक टन बफ उत्पादन गरी बिक्रि गरिन्छ । यी उद्योगमा ३३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन र ८०० व्यक्ति उद्योगबाट लाभान्वित भएका छन । यस उद्योगमा स्थिर पुँजी जम्मा रु १,७१,०००,०० ( एक करोड एकहत्तर लाख ) लगानी भएको छ ।
माछा मासु प्रशोधन उद्योगहरुको विवरण

[tables caption=”पोखरामा कृषि उद्यमको वर्तमान अवस्था र सम्भावनाहरु” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
क्र.सं.,    व्यवसायको नाम,                  दर्ता मिति,      व्यवसायको ठेगाना,         उत्पादित वस्तु,                           लाभान्वित कृषक
१,          फिस्टेल फुड प्रोडक्स प्रा.लि,    २०५४/०५५,    पोखरा–१७—विरौटा,        चिकेन/माछा/पोर्क/वफ,                      ३५०
२,         फेवा मिट प्रोडक्स प्रा.लि,         २०५५/०५६,    पोखरा–१७—विरौटा,        चिकेन/ माछा,                                      ४५०
कुल जम्मा ,    ८००

[/tables]

 

सम्भाव्य कृषिजन्य उद्यमहरु
हाम्रो जस्तो सिमित आर्थिक स्रोत र परम्परागत सामाजिक संरचनामा आधुनिक प्रविधिलाई अपनाउन र दिगो राख्न कठिन हुने भएतापनि मौजुदा पशु तथा वनस्पतिक किसिमहरुलाई आधुनिक प्रविधिसँग आवद्ध गरी संरक्षण र प्रयोग गर्न सकिने देखिएकोले तिनिहरुको समुचित विकास आजको आवश्यकता र अनिवार्यता हुन गएको छ । साथै अन्य देशबाट आयातीत प्रविधि र बालिका जातहरुको पनि उत्तिकै रुपले उत्पादन र प्रवद्र्धन गर्नुपर्छ । देशमै मौजुदा रोग र किरा निरोधक वनस्पतिलाई विकास गरी प्रयोगमा ल्याउन सकिने प्रशस्त सम्भावना देखिन्छ । उदाहरणार्थ नीम, तीतोपानी, असुरो आदिबाट कीटनाशक औषधीहरु बनाउन सकिन्छ । हाम्रो पूर्वजहरुले जंगली जडिवुटीकै प्रयोगबाट अनेकन रोगव्याधि उपचार गर्ने गरेका थिए र सीमित मात्रामा भए पनि तिनको प्रयोग अद्यावधि भइरहेको छ । यी प्रविधिहरुको अनुसन्धान, विकास सम्वद्र्धन र प्रचार प्रसारको सशक्त आवश्यकताको महसुस सर्वत्र भएको देखिन्छ । सम्भाव्य कृषिजन्य उद्यमहरु प्रशस्त छन् । जसमध्ये केहि उदाहरण यस प्रकार छन्–लोपोन्मुख जैविक विविधताको संरक्षण, प्रवद्र्धन र उत्पादनजन्य उद्यमहरु, सुन्तला खेति, बेर्ना उत्पादन र प्रशोधन उद्यम ,ताजा तरकारी तथा बेमौसमी तरकारी र बीउ बेर्ना उत्पादन व्यवसाय, ताजा तरकारी तथा बेमौसमी तरकारी र बीउ बेर्ना उत्पादन, माछा उत्पादन तथा मत्स्य प्रशोधन उद्यम, रसायन एवं विषालु पदार्थरहित प्राकृतिक खाद्य उत्पादन उद्यम ।
१.लोपोन्मुख जैविक विविधताको संरक्षण, प्रवद्र्धन र उत्पादनजन्य उद्यमहरु
जैविक विविधता भन्नाले पृथ्वीका विभिन्न पारिस्थितिक प्रणाली अन्तर्गत पाइने जीव तथा वनस्पतिलाई जनाउछ । समुद्रको पिँढदेखी पृथ्वीको वायुमण्डल तथा हिमाली क्षेत्रसम्म पाइने सबै प्रकारका प्राणी तथा वनस्पति जैविक विविधताभित्र पर्दछन् । यसमा आँखाले देख्न नसकिने सुक्ष्म जीवहरुदेखी लिएर भीमकाय ह्वेलमाछासम्मका जीव तथा सुक्ष्म वनस्पतिदेखी विशाल वृक्ष पर्दछन् ।
जैविक विविधता हाम्रो जीवनको अनिवार्य आवश्यकता हो र यसको संरक्षणबाट मात्र  खाद्यान्न, औषधी, लत्ताकपडाजस्ता हाम्रा आधारभूत आवश्यकताका वस्तु प्राप्त हुन्छन् । यसका साथै जैविक विविधता मानव जिवन र वातावरणविचको समन्वयको व्याख्या गर्ने एउटा महत्वपुर्ण सूचकांक पनि हो । विभिन्न किसिमका जडीबुटी एवं प्रणालीहरुबाट परम्परागत र आधुनिक स्वास्थोपचारको लागी औषधीमूलक तत्वहरु पनि प्राप्त हुँदै आइरहेका छन् । यसका अतिरिक्त स्वस्थ जीवनयापन गर्ने एवं स्वस्थ रहन आवश्यक स्वच्छ वातावरण कायम राख्न पनि जैविक विविधताले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ ।
आजभन्दा केहि वर्षपहिले गाउँवरिपरि, वारीका डिल कान्लामा देखिने गाने, गुर्जो, चिराइतो, हालहालेको साग लोप हुने अवस्थामा छन । विभिन्न प्रकारको रोगमा प्रयोग गर्न सकिने प्राकृतिक औषधी इसवगोल र कालो जिरो देखिन छाडेको छ । केही वर्षआगाडी ज्वरो निको पार्न खाएको चिराइतो र पेटको जुका झार्न खाएको कालो जिरो लोपोन्मुख आवस्थामा छन् ।
हाम्रो देशमा पनि स्थानिय प्रविधि एवं स्रोतहरु नभएका होइनन् । तर तिनको अनुसन्धान गरी समुचित मुल्यांकन तथा उपयोग गर्न अझै बाँकी नै छ । उदाहरणको लागी गाउँघरको बारबन्देजमा प्रयोग गरिने असुरो, तातोपानी, खिर्रा, सिरिस आदि जस्ता रुख बिरुवाहरुको पात–पतिंगर, हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ । पशु विकासतर्फ केहि स्थानिय पशुहरुको उत्पादन आयातीत विदेशी जातहरुभन्दा बढी हुनसक्ने सम्भावना देखिएको छ भने स्थानिय गाई भैंसीहरुको उत्पादन क्षमताको पनि राम्रो अध्ययन हुन अझै बाँकी छ । पशु आहारको लागी पौष्टिकता र अरु विभिन्न दृष्टिकोणले उत्तम ठहरिएको बडहर, राइखन्यू र निमारोजस्ता डाले घाँसहरु पनि हाम्रो स्थानिय प्रजाति नै हुन् । विकासको क्रममा स्थानिय स्रोत, साधन एवं प्रविधिको खोजी तथा मूल्यांकन नगरी विदेशबाट विभिन्न प्रविधि तथा सामाग्रीहरु प्रशस्त आयात गरिने व्यापक प्रचलन छ । विदेशी स्रोत र साधनमा आश्रित रहेसम्म आत्मनिर्भरता तथा विकास कार्यमा स्थायित्व नहुने कुरा वर्तमानले हामीलाई सिकाउदैछ ।
२.सुन्तला खेती, बेर्ना उत्पादन र प्रशोधन उद्यम
पोखरा उपत्यका तथा आसपासको क्षेत्रमा सुन्तला खेति प्रशस्त गरिन्छ । हाल नेपालमा सुन्तला खेतीको ढाकेको क्षेत्रफल करिब ५ हजार हेक्टर रहेको अनुमान गरिएको छ । सुन्तला मध्य पहाड (२,०००–४,००० फिटसम्म) मा खेती गरिने फूलहरुको राजा मानिन्छ । सुन्तलामा प्रशस्त गुलियो पदार्थ फ्रुक्टोज साथै भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । आवश्यक सबै खनिज तत्वहरु जस्तै–चून, म्याग्नेसियम, गन्धक, पोटास, फलाम पनि प्रशस्त पाइन्छ । सुन्तला खेतीबाट ठूलो आर्थिक लाभ पनि हुन्छ । एक रोपनीमा १४ बोटका दरले लगाएमा २ वर्षपछि नै फल दिन सुरु भई प्रशस्त आम्दानी हुन्छ । ६ वर्षपछि सुन्तलाको रुख पूर्ण विकसित भई प्रतिबोट ४,०००–१०,००० दानासम्म फल्दछन । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार कास्की जिल्लामा ७ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । त्यसवाट ६ हजार मेट्रिक टन बर्सेनी सुन्तला उत्पादन हुने गर्दछ । कृषकबाट बिक्री गरिने सुन्तला खेतीबाट बार्षिक ४ करोड आम्दानी हुने अनुमान छ ।
सुन्तला उत्पादन खासगरी मंसिरदेखी माघसम्ममा प्रशस्त मात्रामा हुन्छ तर उपयुक्त भण्डारण प्रविधिको अभाव, यातायातको असुविधाले गर्दा उत्पादक कृषकहरुले राम्रो बजार भाउ प्राप्त गर्न सक्दैनन् भने सो अवधिबाहेक बाँकी ७–८ महिना भारतबाट आयातित सुन्तलामात्र बजारमा उपलब्ध हुन्छ । यी समस्याहरुलाई केहि हदसम्म समाधान गर्न कृषकहरुले घरेलु स्तरमा जेली, सर्वत, रस आदि तयार गरी संरक्षण गर्न सकेको खण्डमा राम्रो आम्दानी लिन सक्दछन् । पश्चिमाञ्चल कोल्डस्टोर प्रा.लि को विधिवत् स्थापना भइसकेको छ र यसले पोखरा उपत्यकामा उत्पादन गरिने फलफुल तथा ताजा तरकारी भण्डारणमा कृषकहरुलाई सघाउ पुग्न जाने विश्वास लिइएको छ ।
३.ताजा तरकारी तथा बेमौसमी तरकारी र बीउ, बेर्ना उत्पादन व्यवसाय
पोखरा क्षेत्रको बढ्दो जनसंख्या र सहरीकरण, पर्यटक र पदयात्रीहरुको वृद्धि, सिंचाइ स्रोत लगायत पूर्वाधारको विकास र सर्वसाधारणमा बढ्दै गएको जनचेतना आदिले गर्दा तरकारी खेतीप्रति कृषकहरुको चाख र विस्तार बढ्दै गइरहेको क्रममा तरकारी बीउको माग पनि बर्सेनी बढेर गएको छ । विभिन्न आधारहरु केलाउँदा यस जिल्लामा तरकारीको बीउमात्र १५ मेट्रिक टन प्रतिवर्ष खपत हुने अनुमान गरिएको छ । हिजो–आज प्रविधिको विकास, उपभोक्ताहरुको माग, प्रतिएकाई उत्पादकत्व र बजार आदिको कारणले बेमौसमी र वर्षभरी नै ताजा तरकारीको उत्पादनतर्फ कृषकहरु उन्मुख हुदै गएका छन् । तरकारी खेती अन्य बालीको तुलनामा बढी आम्दानी दिने र आर्थिक एवं पौष्टिक हिसाबले ज्यादै महत्वपुर्ण बाली भएकाले यसतर्फ कृषकहरुलाई प्रोत्साहन र सेवा बढाउदै लानुपर्ने कुरामा दुइमत छैन । हावापानीको विविधताले गर्दा तरकारी बीउको उत्पादनको राम्रो सम्भावना हुँदा अतिरिक्त उत्पादन गर्न सकेमा निकासीबाट पनि फाइदा लिन सकिन्छ ।
तरकारी तथा तरकारी बीउहरु उत्पादनबाट निकासी प्रवद्र्धन गर्न सकिने, पोषण सुधारको क्षेत्रमा टेवा पु¥याउन सकिने र कम बजन तथा बढी मूल्य जाने बाली भएको हुँदा तुलनात्मक लाभ दिने भएकोले तरकारी बाली एवं बीउ उत्पादन कार्यक्रम सशक्त ढंगबाट क्रमशः एक लाभदायक उद्यमका रुपमा विकसित भइरहेको छ र यसलाई अझ लाभदायक उद्यम बनाउन सकिन्छ ।

४.माछा उत्पादन तथा मन्त्स्यजन्य प्रशोधन उद्यम
कृषि क्षेत्रमा मत्स्य उत्पादन, प्रशोधन, प्याकिङ एवं निर्यातबाट प्रशस्त लाभ लिन सकिन्छ । यस भेगमा रहेका तालहरु, नदीनाला तथा पोखरीहरुमा मत्स्यपालन व्यवसायको राम्रो सम्भाव्यता रहेको छ । माछा हाम्रो परम्परागत, सांस्कृतिक एवं सामाजिक जीवनमा चिर–परिचित खाद्य उत्पादन हो । माछा एक पौष्टिक आहार हो, जसमा १३–२० प्रतिशत प्रोटिन र अन्य महत्वपुर्ण खाद्यपदार्थहरु पाइन्छ र सर्वत्र चाख र रुचिपूर्वक उपभोग गरिन्छ ।
राष्ट्रिय स्तरमा सन् २००२/०३ मा ३६,५६८ मेट्रिक टन माछा उत्पादन भएको देखिन्छ । तर, काठमाडौँ उपत्यकामा मात्र दैनिक खपत हुने माछाको निकै ठूलो हिस्सा भारतबाट आयात गरिएको माछाले ओगट्ने गरेको तथ्य सर्वेक्षणबाट थाहा लागेको छ ।
राष्ट्रिय स्तरमा करिब ७५० हेक्टर क्षेत्रफल रहेबाट यसको विस्तारको सम्भावना अझै बढी छ । यसैगरी कास्की जिल्लाको मत्स्य उत्पादन अवस्था हेर्दा यसको मुख्य उत्पादन स्थल पोखरा उपत्यका रहेको छ । पोखरा र यसको आसपासको उत्पादन ४०७ मेट्रिक टन रहेको छ । माछाको क्षेत्रफल यकिन गर्न नसकिए तापनि तालहरु, पोखरीहरु, घोलाहरु तथा धानखेतको क्षेत्रफल बढाइ एउटा आयमूलक भरपर्दो उद्यमको रुपमा अझै विकसित गर्न सकिन्छ । हाल पोखराको स्थानिय आवश्यकता पूरा हुन नसकी तराई तथा अन्य जिल्लाहरुबाट माछा आयात हुने गरेको छ ।
५.रसायन एवं विषालु पदार्थरहित प्राकृतिक खाद्य उत्पादन उद्यम
कृषिमा आधुनिक प्रविधि तथा सामाग्रीहरुको प्रयोग गरी प्रतिएकाइ जमिनबाट अधिकतम उत्पादन लिनुपर्ने हाम्रो वाध्यता छ । तापनि कृषिमा आधुनिकिकरणको नाममा रासायनिक मल, कीटनाशक विषादी आयातीत नयाँ प्रजाति तथा जातहरुको जथाभावी प्रयोगबाट मानव जीवन तथा वातावरणमा नकारात्मक असरहरु पर्न गएका थुपै उदाहरणहरु हाम्रासमु छन । यस्तो स्थितिमा कृषि विकासमा निरन्तरता ल्याउन, वातावरणीय सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न, कृषकको परम्परागत अनुभवहरु  सदियौंदेखी अपनाउदै आएका प्रविधि, ज्ञान र सीपको खोजीनीती गरी तिनका नराम्रा पक्षमा सुधार गरेर असल पक्षहरुलाई समेटी उन्नत प्रविधिको विकास गर्नेतर्फ हाम्रो ध्यान जानु आजको आवश्यकता देखिन्छ ।
पोखरामा कृषि बजार र कोल्डस्टोरको व्यवस्था पूर्वाधारको विकास
केहि वर्षअघि पोखरा उपत्यका र यसका छिमेकी जिल्लाहरुमा उत्पादन गरिने फलफूल खासगरी सुन्तला र ताजा तरकारीहरु बिक्रि गर्नको लागी कृषकहरुको कठिन परिस्थितिको सामना गरी उचित मूल्य सहित पाउन नसकेको आवस्थाको पूर्वाधारको विकास भएको छ । हाल पोखरामा २ वटा थोक तथा खुद्रा फलफुल तथा तरकारीको बजार व्यवस्था र एक कोल्डस्टोरको व्यवस्था भएको हुँदा किसान, व्यापारी र उपभोक्तालाई फाइदा हुँदै जाने विश्वास लिइएको छ ।
जति–जति कृषिमा आधुनिकीकरण र व्यवसायीकरण बढ्दै जान्छ, त्यति नै कृषि बजारको महत्व पनि बढ्दै गरेको पाइन्छ । कृषि बजारको राम्रो व्यवस्था नभएसम्म कृषकहरुले आफूले उत्पादन गरेका वस्तुहरुको समुचित मूल्य पाउँदैनन् र स्थानिय व्यापारीहरुलाई आफ्नो उत्पादन सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आइपर्दछ र कृषक उत्पादन वृद्धि गर्नेतर्फ प्रोत्साहित हुदैनन् भने अर्कोतर्फ दलालहरुबाट आवश्यकताभन्दा बढी नाफा कमाउने मौका पाउँछन् र उपझोक्तासमेत ठगिन्छन् । यसकारण पनि कृषक र व्यापारीबिच सोझै सम्र्पक कायम गराउन र कृषि उत्पादन वृद्धिमा टेवा पु¥याउन यस्ता बजारस्थल बढ्नु आवश्यक छ ।
१. कृषि उपज थोक बजार स्थल
तरकारी र फलफूल थोक बिक्रीका लागी २०५७ सालको बैशाख १ गतेबाट पोखराको वडा. नं. ९ शान्ति वनवाटिकामा “कृषि उपज थोक बजारस्थल” सञ्चालन हुँदै आएको छ । यस बजारस्थलमा जम्मा ७२ वटा सटर र ३३ वटा खुल्ला सटर गरी जम्मा १०५ वटा बिक्री कक्ष छन । पोखरा उपत्यकामा गरिने फलफुल तथा तरकारीहरुको ९० प्रतिशत कारोबार यसै बजारस्थलबाट हुने आनुमान गरिन्छ । यहाँबाट बिक्री वितरण गरिने फलफूल तथा तरकारीमध्ये ३० प्रतिशत पोखराको उत्पादन र बाँकी ४५ प्रतिशत छिमेकी पहाडी तथा तराईका जिल्लाहरुबाट आपुर्ति हुने गरेको छ भने २५ प्रतिशत भारत तथा चीनबाट समेत आयात भएको पाइन्छ । पोखरा उपत्यका क्षेत्रमा फलफुल तथा तरकारीको स्थायी बिक्रेताहरुको संख्या करिब ८३० रहेको अनुमान गरिन्छ ।
२.कृषि उपज खुद्रा बजार स्थल
पोखरा उपमहानगरपालिका वडा नं. ८ चिप्लेढुङ्गा फलफूल, तरकारी, माछा, मासु तथा अन्य दैनिक उपभोग्य वस्तुको खुद्रा व्यापार स्थल श्री कम्प्लेक्स प्रा.लि को २०५८ मंसिर २९ गतेदेखी सञ्चालन हुँदै आइरहेको छ । यसमा जम्मा १४६ वटा विविध कृषि विक्री कक्ष रहेका छन ।
कृषि उपज थोक बजारस्थल र श्री कम्प्लेक्स प्रा.लि को स्थापनाबाट कृषक उत्पादक, व्यापारी र उपझोक्ता लाभांन्वित भएको पाइन्छ र उपभोक्तालाई गुणस्तरयुक्त उपभोग्य वस्तुहरु एकै स्थानबाट आपूर्ति हुने गरेको छ । यस्ता थोक तथा खुद्रा कृषि उपज व्यापार, व्यवसायको विस्तारको अझै आवश्यकता छ र जति–जति कृषि उपजमा उत्पादन वृद्धि गर्न सकिन्छ, त्यति नै व्यापारस्थल व्यवसाय र कृषकहरुको आय वृद्धि भई कृषि उद्यम स्थापित हुँदै जानेछन् ।

३.पश्चिमाञ्चल कोल्डस्टोर प्रा.लि
ताजा तरकारी तथा फलफूलहरु कोल्डस्टोरको अभावमा कृषकले सही मूल्य पाउन नसकेको अवस्थामा यही २०६० साल चैतदेखी सञ्चालनमा आएको पश्चिमाञ्चल कोल्डस्टोर प्रा.लि को क्षमता २,५०० मेट्रिक टन रहेको छ । यसले पोखरा उपत्यकामा उत्पादन गरिने फलफूल तथा ताजा तरकारी भण्डारणमा कृषकहरुलाई सघाउ पुग्न जाने विश्वास लिइएको छ ।
अन्त्यमा राष्ट्रिय आवश्यकता र चिन्तनको विषय
“मूलकको प्राकृतिक सम्पदा नियाल्ने हो भने कसैले पनि देश गरिब हुनुपर्ने कुनै कारण देख्दैनन् ।”
कृषि, पशुपालन, सामाग्री वेचविखन, घरेलु तथा साना उद्योग व्यवसाय राष्ट्रका आधारस्तम्भ हुन् । कृषि नेपालीहरुको पेसामात्र नभई महत्वपूर्ण जीवनधारा हो । सम्पूर्ण राष्ट्रको आर्थिक,सामाजिक, धार्मिक जीवन पनि कृषि हो । देशमा औद्योगिक विकास हुदै गएपछि कृषि क्षेत्रको श्रमशक्ति क्रमशः औद्योगिक क्षेत्रमा स्थानान्तरण हुदै जानु विकासको एउटा राम्रो लक्षण र स्वाभाविक प्रक्रिया भए तापनि हाम्रो देशको परिप्रेक्ष्यमा औद्योगिक विकासको कारणले कृषिमा जनसंख्या घटेको नभई कृषिक्षेत्रका आयमूलक कार्यक्रमको अभावले गर्दा नगदोपार्जनका अवसरहरु कम भएर कृषिमा संलग्न श्रमशक्ति विदेशिने वा गैरकृषिक्षेत्रमा लाग्ने प्रवृत्ति बढ्दो छ ।
हालका दिनहरुमा स्कूल र कलेज जानेहरुको संख्यामा निकै वृद्धि भएको छ । शिक्षालाई दोष दिने वा संस्कारलाई, पढेलेखेपछि जागिरै खानुपर्ने वा अन्य पेसामा लाग्ने, खेतीपातीमा लाग्न नचाहने प्रवृत्तिले गहिरो जरो गाडेको छ । यी समस्याहरुले गर्दा युवाशक्तिको कृषि पेसामा संलग्नता ज्यादै कम छ । ग्रामिण क्षेत्रमा अब अशक्त, वृद्ध र महिलाहरुको बाहुल्यता पाइन्छ र वास्तवमा कृषक भनेका यिनै भएका छन् ।
लोपोन्मुख, ढिकी, जाँतो, कोल (तेल पेल्ने, उखु पेल्ने), पानी घट्ट आदिको सट्टा हाल सेलर मिल र अन्य मिलहरुले व्यावसायिक रुप लिन पुगेका छन् । अँडेरको तेल, साबुन उद्योगमा प्रयोग गरिन्छ  र भारतबाट आयात गरिन्छ । यहाँ उत्पादन गर्न सकिने प्रशस्त सम्भावना भए तापनि उत्पादनमा ध्यान जान सकेको छैन । यस्ता हजारौँ उदाहरण छन् । जडीवुटी, औषधी र शृङ्गार सामग्री आदिका कच्चापदार्थ उपयोग भइसकेका छैनन् । सिस्नु, तीतेपाती, बकाइनो, नीम बोझो आदि जैविक विविधता संरक्षण र उपयोग एवं विस्तारको खाँचो छ , अर्गानिक खेती, रसायन र कीटनाशकरहित खेतीबाट उत्पादित खाद्यवस्तुहरुको स्वदेश तथा विदेशमा बढ्दो माग  भट्टमास, कोदो, चिनु, फापर, तील, गिठ्ठी, तरुल, भ्याकूर, सखरखण्ड आदिजस्ता परम्परागत खाद्यपदार्थहरुको उत्पादन र संरक्षणको महत्व विकसित समाजमा बढ्दै गइरहेको छ तर विस्तारको योजना छैन । परम्परागत रुपमा प्रयोगमा आइरहेको काठका घरेलु भाँडाहरु, ठेकी,दुहुनेरो,मदानी,नेती,हलो,जुवा,गोरुको सट्टा मेसिनहरु ट्रयाक्टर आदिबाट विस्थापित हुने आवस्थामा पुगेका छन् र केवल संग्रहालयमा मात्र सिमित हुन पुगेका छन् । कृषि मजदुर र किसानहरु प्रतिदिन विस्थापित हुने क्रम बढ्दो छ । छिमेकी मुलुक र जिल्लाहरुबाट आयात हुने सस्ता कृषिजन्य वस्तुहरुका कारण आन्तरिक उत्पादनको बजारलाई प्रत्यक्ष असर पुगेको उदाहरणहरु प्रशस्त छन् ।
देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेकोे कृषि क्षेत्र र समग्र कृषि उद्यमबाट हुने गार्हस्थ उत्पादनमा विद्यमान विषम परिस्थितिले नकारात्मक प्रभाव पारिरहेको सबैलाई विदित छ र यो समस्त कृषि उद्यमसँग आवद्ध कृषक एवं व्यवसायी सबैको लागि विस्मातको विषय भएको छ ।
पोखरा उद्योग वाणिज्य संघबाट कृषि उद्योग तथा व्यवसाय प्रवद्र्धनमा भएका कार्यक्रमहरुको संक्षित विवरण
पोखरा उद्योग वाणिज्य संघबाट कृषि सम्वन्धि व्यवसाय प्रवद्र्धनमा विविध कार्यक्रमहरु सञ्चालन गरिदै आएका छन । जसमा कृषि, पुष्प तथा हस्तकला प्रदर्शनी तथा तालिमहरु, भ्रमणहरु र गोष्ठीहरु आयोजना गरी विभिन्न समय र वर्षहरुमा प्रत्यक्ष वा अप्रत्यक्षरुपबाट कृषि उद्यमीहरुलाई प्रोत्साहित गरी योगदान पु¥याउँदै आएको छ । विविध कारणहरुले सम्पूर्ण विवरण प्रस्तुत गर्न नसकिए तापनि निम्नलिखित कार्यक्रमहरुको संक्षित विवरणहरु उदाहरणस्वरुप प्रस्तुत गरिएको छ ।

[tables caption=”पोखरामा कृषि उद्यमको वर्तमान अवस्था र सम्भावनाहरु” width=”500″ colwidth=”20|100|50″ colalign=”left|left|center|left|right”]
क्र.सं.,    वर्ष,    कार्यक्रम विवरण,                                                                                                                        आर्थिक विवरण
१,        २०४७,    नोफ्रिल कन्सल्टेन्टसँग संयुक्तरुपमा कृषिजन्य कार्यशाला गोष्ठी सञ्चालन गरेको,
२,        २०५१,    सुन्तला खेती व्यवसायीहरुका लागी तालिम प्रदान गरिएको,                                                            ४०८५७
३,        २०५१,    कृषि उद्यमीहरुका लागी एग्रो इन्टरप्राइजेज कार्यक्रम सञ्चालन गरिएको
४,        २०५४,    पुष्प व्यवसायीहरुका लागि पुष्प प्रदर्शनीको आयोजना गरिएको ,                                                       ७६५५४
५,      २०५५,    पुष्प व्यवसायीहरुका लागि पुष्प प्रदर्शनीको आयोजना गरिएको
६,      २०५६,    कृषि, पुष्प तथा हस्तकला मेला प्रदर्शनी सञ्चालन गरिएको ,                                                                 ३२३२९९
७,       २०५७,    सुन्तला व्यवसायीहरुलाई प्रोत्साहित गर्न भारतको नागपुरमा सुन्तला प्रविधि
अध्ययन भ्रमण कार्यक्रम केन्द्रीय कार्यालयसँग समन्वय गरी आयोजना गरिएको
८,     २०५८,    पुष्प उत्पादक तथा पुष्पप्रेमीहरुका लागि प्रदर्शनी आयोजना गरिएको ,                                                   २५७३०
९,     २०५८,    पुष्प व्यवसायीहरुका लागि सजावट तालिम प्रदान गरिएको ,                                                                 १४१३
१०,     २०६१,    कृषि, पुष्प तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको ,                                                                 २२६०००
कुल खर्च रु ,    ६९३८५३

[/tables]

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *