role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखरामा उद्योग व्यवसाय

पोखरा उद्योग बाणिज्य संघबाट बि.सं.२०६१ मा प्रकाशित ‘स्वर्ण जयन्ती स्मारिका’ बाट साभार

पोखरामा उद्योग व्यवसाय
योगेन्द्रप्रसाद दुलाल
उद्योग अधिकृत, घरेलु तथा साना उद्योग कार्यालय,कास्की

पोखराको औद्योगिक इतिहासको प्रारम्भ मल्लकालीन समय १४ औँ शताब्दीलाई मानिएको छ । तापनि १६ औँ शताब्दीमा काठमाडौँ उपत्यकाबाट नेवार जातिको बसाइँ सराइ हुन थालेपछि मात्र प्रारम्भ भएको मान्नुपर्दछ । त्यसबेला घरेलु तानहरुबाट सुति कपडा उत्पादन गर्ने प्रचलन भएको र १८ औँ शताब्दीमा आएर नेवारले तामाका भाँडा बनाउने, गुरुङ मगर जातिले राडीपाखी बुन्ने, कामीहरुले फलामको भाँडा बनाउने, दमाइले कपडा सिलाउने, सार्कीहरुले छालाका वस्तुहरु बनाउने गरेको पाइन्छ ।
वि.सं. २०१४ सालमा घरेलु तालिम केन्द्र ( जसलाई हाल घरेलु तथा साना उद्योग कार्यालय कास्की नामाकरण गरिएको छ ) पोखरामा स्थापना भयो । घरेलु तथा साना उद्योगको संरक्षण, सम्वद्र्धन र प्रवर्धनमा सहयोग पु¥याउने विपन्न, पिछडिएका तथा बेरोजगार युवा–यूवतीहरुलाई आयमूलक तथा सीपमूलक तालिम प्रदान गरी स्वरोजगारका अवसरहरु सिर्जना गर्ने, घरेलु तथा साना उद्योगहरुको स्थापना, विकास र विस्तारका लागी प्रशासनिक कार्य गर्ने उद्देश्य यस कार्यालयको रहेको छ ।                औद्योगिक पूर्वाधारहरु जस्तैः सडक, विद्युत, पानी, जग्गा, भवन आदिको व्यवस्था गरी उद्यमीहरुलाई औद्योगिक लगानी गर्न अभिप्रेरित गर्ने उद्देश्यले वि.सं. २०३१ सालमा पोखराको कुँडहर फाँटमा ५०१ रोपनी जग्गामा पोखरा औद्योगिक क्षेत्रको स्थापना भयो । हाल यस औद्योगिक क्षेत्रमा ५४ वटा उद्योग चालु, १३ वटा उद्योग वन्द र ६ वटा उद्योग निर्माणाधिन छन् ।
कास्की जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयको स्थापनाकालदेखी आर्थिक वर्ष २०५९÷०६० सम्म जम्मा ५६१४ वटा उद्योग ( विभागमा दर्ता भई यहाँ प्राप्त हुन आएका समेत ) दर्ता भएका छन् । म्यादभित्र नविकरण नगरेका र उद्योगीको मागबमोजिम खारेज गरिएका उद्योगहरुको संख्या २५१२ रहेको छ । यस जिल्लामा दर्ता कायम रहेको उद्योगको संख्या आर्थिक वर्ष २०५९÷०६० सम्म ३१०२ वटा रहेको छ । जसमध्ये ७० प्रतिशत उद्योग पोखरा उपत्यकामा ( पोखरा उप—महानगरपालिका, लेखनाथ नगरपालिका र आसपासका गाविस) स्थापना गरिएका छन् ।

सुरुदेखी आ.व. २०५९÷०६० सम्म दर्ता भई कायम रहेका उद्योगहरुको विवरण
क्र.सं. ,     उद्योगको विवरण ,                             उद्योगको संख्या
१,      खाद्य पदार्थ  ,                                    ६५४
२,     पर्यटन सम्बन्धी,                                 ४२४
३,       निर्माण सम्बन्धी,                                 ४१३
४,       कृषि तथा वनजन्य,                                ३७८
५,       सञ्चार, छपाइ र प्रकाशन सम्बन्धी,                  २८९
६,       मेटलसम्बन्धी,                                     १९७
७,      उत्पादनमूलक अन्य,                                 १८८
८,      प्रशिक्षण,                                          १७०
९,      यातायात सम्बन्धी ( ढुवानी सम्बन्धी ),               ८५
१०,     फोटोग्राफी,                                       २४
११,     प्लास्टिक तथा विद्युत सम्बन्धी,                       ६१
१२,     सेवा सम्बन्धी,                                     २८
१३,     होजियरी,                                          ३३
१४,    कन्सल्टेन्सी,                                        ९९
१५,     विविध,                                           ५९
जम्मा,                                         ३१०२

आर्थिक वर्ष २०५०/०५१ देखी २०५९/०६० सम्म घरेलु तथा साना उद्योग कार्यालय,
कास्कीमा उद्योग दर्ताको स्थिती यस प्रकार छ ।

आर्थिक वर्ष ,                        उद्योग दर्ता संख्या
२०५०/०५१ ,                        २९०
२०५१/०५२,                        २७६
२०५२/०५३,                        २७०
२०५३/०५४,                        २४६
२०५४/०५५,                        १९८
२०५५/०५६,                        २०९
२०५६/०५७,                        ३४१
२०५७/०५८,                        ३०२
२०५८/०५९,                        २५९
२०५९/०६०,                        २६५

उपरोक्त तथ्यांकहरु घरेलु तथा साना उद्योगहरुको मात्र रहेको छ । यसमा मझौला र ठूला उद्योगहरु समावेश छैनन् । कास्कीमा दर्ता कायम रहेका ३१०२ वटा घरेलु तथा साना उद्योगहरुको कुल पुँजी लगानी रु. ५,४१,८२,०४,८०८ /–, कुल उत्पादन ( वार्षिक क्षमता ) रु. २२,७८,९९,६६,६३९ /– र कुल रोजगार संख्या २४,८५२ रहेको छ ।
पोखरामा उद्योग व्यवसायको विकासमा उद्योग वाणिज्य संघको योगदान
पोखरामा उद्योग व्यवसायको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले २०११ माघ २६ गते पोखरा उद्योग वाणिज्य संघको स्थापना भयो । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखी नै विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको छ । खासगरी उद्योग व्यवसायको क्षेत्रमा गरेको योेगदानको बारेमा यहाँ छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
२०२७    – पोखरामा औद्योगिक क्षेत्र स्थापना गर्न पहल गरी लेखापढी गरेको ।
–    पर्यटन उद्योगको संम्भावना महसुस गरी पर्यटन कार्यालय खोल्ने माग गरेको ।
–    निष्क्रिय रहेको पुँजी उद्योग व्यवसायतर्फ लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले प्रवचन र अन्तरक्रिया कार्यक्रमको आयोजना ।
२०४८    – उद्योग वाणिज्य संघमा औद्योगिक सूचना केन्द्रको स्थापना र टेक्नोनेट एसियासँग सम्झौता
२०५६    – औद्योगिक व्यापार मेला र हस्तकला तथा पुष्प मेलाको आयोजना ।
२०५९    – निर्यात वर्ष सन् २००३ को सन्दर्भमा “पश्चिमाञ्चल औद्योगिक मेला” को आयोजना, महिला    उद्यमीहरुलाई भारतको नेशनल ट्रेड फेयरको अवलोकन गराएको ।
माथि उल्लेखित क्रियाकलापका अतिरिक्त संघले औद्योगिक प्रदर्शनीको निमित्त आर्थिक सहयोग गरेको, विभिन्न प्रकारको गोष्ठी, तालिम, कार्यशालाको सञ्चालन, अवलोकन भ्रमणको व्यवस्था गरेको छ । सन् १९९४ मा पोखरा उद्योग वाणिज्य संघले जर्मनीमा HWK/RH Mainz संग सम्झौता गरी पोखरा प्रर्वद्धनका लागी साझेदारी कार्यक्रम (Partnership Programme of Promotion in Pokhara ) नामक कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रम अन्र्तगत विभिन्न प्रकारका सीप विकास तालिम, व्यवस्थापन तालिम, हस्तकला तालिम,प्रशिक्षक प्रशिक्षण तालिम (ToT), कर्मचारी तालिम (Staff Training ) संचालन हुदै आएको छ । जसमध्ये सन् २००३ सम्ममा व्यवस्थापन तालिम १८५१ जना र हस्तकला तालिम ९८९ जनालाई प्रदान गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघले २०६० माघ २५ देखी २०६१ माघ २५ सम्म स्वर्ण महोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइरहेको छ । यही स्वर्ण महोत्सवको उपलक्ष्यमा २०६१ सालदेखी प्रत्येक वर्ष व्यापारतर्फ १ र उद्योग तर्फ १ जनालाई PCCI Excellence Award प्रदान गर्ने निर्णय गरी पहिलो पटक उद्योगतर्फ जय माँ लक्ष्मी कन्फेक्सनरी, पोखरा र व्यापारतर्फ गोशली ट्रेडिङ्ग कन्सर्नलाई प्रदान गरिएको छ ।
पोखरामा उद्यम व्यवसाय विकासको सम्भावना र चुनौतीहरु
१)सम्भावनाहरु
उद्यम व्यवसाय स्थापना, विस्तार र विविधीकरण गर्न आवश्यक पर्ने देहायका तत्वहरुले गर्दा पोखरामा उद्यम व्यवसायको सम्भावना देखिन्छ ।
क) भौतिक पूर्वाधार : यातायात ( सडक, हवाइ ), विद्युत, सञ्चार, पानी जस्ता भौतिक पूर्वाधारहरु भएको हुँदा पोखरामा उद्यम व्यवसायको स्थापना, विस्तार र विविधिकरणको प्रशस्त सम्भावना छ ।
ख) दक्ष/अर्धदक्ष जनशक्तिको उपलब्धता :विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गर्ने संस्थाहरुको स्थापना, शैक्षिक संस्थाहरुको स्थापना  भएबाट औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने दक्ष तथा अर्धदक्ष जनशक्ति सजिलैसँग प्राप्त गर्न सकिने भएबाट पनि उद्यम व्यवसायको विकासको सम्भावना देखिन्छ ।
ग) पर्यटकिय स्थल : पोखरामा प्रशस्तै पर्यटकिय स्थल भएबाट पनि पर्यटन उद्योगको बढी सम्भावना देखिन्छ ।
घ) वित्तीय संस्थाहरु : उद्यम व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने वित्तीय स्रोत उपलब्ध गराउने प्रशस्तै बैंक तथा वित्तीय संस्थाहरुको स्थापना भएबाट पनि उद्यम व्यवसायको सम्भावना देखिन्छ ।
ङ) जनसंख्यामा वृद्धि : पोखरा पश्चिमाञ्चलको नै क्षेत्रिय सदरमुकाम भएको र यहाँको हावापानी र प्राकृतिक सौन्दर्यले गर्दा आसपासका जिल्लाहरुबाट यहाँ वसाइँ सराइ सर्ने क्रम बढ्दो जनसंख्यालाई बढी उपभोग्य सामानहरु आवश्यक पर्ने हुँदा उत्पादनमूलक तथा सेवामूलक उद्योगहरुको सम्भावना बढी देखिन्छ ।
२) चुनौतीहरु
उपरोक्त बमोजिमका संम्भावनाहरु हुँदा हुदै पनि निम्न वमोजिम चुनौतीहरु छन् ।
क) कच्चापदार्थको ढुवानीमा कठिनाइ : स्थानीय कच्चापदार्थमा आधारित उद्योग बाहेक अन्य उद्योगहरुलाई कच्चापदार्थ ढुवानी गर्न कठिन हुने, महंगो पर्ने हुँदा उद्योग व्यवसायको विकासमा चुनौती रहेका छन् ।
ख) प्राकृतिक सम्पदामा मानवीय अतिक्रमण : रमणीय ताल–तलैयाहरुमा फोहोरमैला थुपार्ने, हरियाली वनको फँडानी गर्ने, जनसंख्या वृद्धि जस्ता कारणले गर्दा पोखराको प्राकृतिक सौन्दर्य घट्दै गएको छ । जसको कारणले पर्यटन उद्योगलाई प्रत्यक्ष असर पर्न जाने देखिन्छ ।
ग) औद्योगिक जोनको निर्धारण नहुनु : पोखरामा औद्योगिक जोनको स्थापना गर्न नसकेकाले पर्यटकीय स्थल र अन्य व्यापारिक क्षेत्रमा जथाभावी मोटर वर्कसप, मेटल उद्योग र फर्निचर उद्योगजस्ता उद्योगहरु स्थापना गरिएकाले पोखराको सौन्दर्यमा असर पर्ने भएकाले पर्यटक आगमनमा प्रभाव पार्नसक्ने समस्या रहेको छ ।
घ) औद्योगिक सुविधा र सहुलियत : औद्योगिक व्यवसाय ऐन–२०४९ ले प्रदान गरेको सुविधा र सहुलियतहरु सोही ऐनको पहिलो संशोधन–२०५४ र आयकर ऐन–२०५८ कटौती गरेको हुँदा उद्यमी व्यवसायीहरुको उत्साहमा कमी आएको छ ।
ङ) ऋण सहुलियत : उद्योग व्यवसायीले सरल ब्याजदरमा आवश्यकता अनुसारको ऋण सहयोग सरल तरिकाले उपलब्ध गर्न नसकेको गुनासो रहेको सन्दर्भमा पुँजीको अभावका कारणले हाल सञ्चालित उद्योगहरु पनि बन्द हुनसक्ने सम्भावना रहेको छ ।
च) द्धन्द्धात्मक परिस्थिति : हालको द्धन्द्धात्मक परिस्थितिले पर्यटकको आवागमनमा कमी, कच्चापदार्थ ढुवानीमा कठिनाइ र उत्पादन बजारसम्म पु¥याउन भोग्नुपर्ने झन्झटले गर्दा उद्यम व्यवसायलाई ठूलो समस्या परेको छ ।
उपरोक्त बमोजिमका चुनौतीहरुलाई न्यूनिकरण गरी अवसरहरुलाई सदुपयोग गर्न सकेमा पोखरामा उद्योग व्यवसायको विकास गर्न सक्ने प्रबल सम्भावना छ ।

पोखरामा हाल बढी सम्भावना देखिएका उद्योगहरु
क) खाद्य प्रशोधन उद्योग ( खाद्यपदार्थ उत्पादन तथा प्याकेजिङ )
ख) निर्माण सामग्री उत्पादन गर्ने उद्योग
ग) पर्यटन उद्योग
घ) मेटल उद्योग
ङ) हेन्डिक्राफ्ट उद्योग
च) कम्प्यूटर प्रशिक्षण, साइवर क्याफे, विभिन्न प्रकारका व्यावसायीक तथा सिपमूलक तालिम प्रदान गर्ने जस्ता सेवामूलक उद्योग ।

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *