role="article" itemscope="" itemtype="http://schema.org/Article">
Advertisement
  • Shankar Electronics Centre , Bagbazar, Pokhara-1 , Propritor- Shankar Tamrakar, Mob: 9856034494

  • Alpine Trekking Stores , Lakeside Street , Baidam-6 , Propritor- Ramu Gautam , Tel:061-464333

  • Mount Annapurna Higher Secondary School, VC Marga , Pokhara-3, Tel: 061-520718 , 531176

पोखराको शैक्षिक विकास प्रयास र चुनौतीपूर्ण अवसरहरु

पोखरा उद्योग बाणिज्य संघबाट बि.सं.२०६१ मा प्रकाशित ‘स्वर्ण जयन्ती स्मारिका’ बाट साभार

पोखराको शैक्षिक विकास प्रयास र चुनौतीपूर्ण अवसरहरु
विकलप्रसाद शेरचन/रामचन्द्र बराल
आज सुन्दर र सक्रिय नागरिक सभ्यता बोकेको पोखरा सहरको स्वरुप पचास वर्षपहिले यस्तो थिएन । यस क्षेत्रको व्यापारिक केन्द्र भएको कारण सीप हुनेहरु र सम्भावना बोक्नेहरुलाई पोखराले आकर्षित ग¥यो र महंगो बसाइ भएर पनि, खानेपानीको समस्या झेलेर पनि, छिमेकी बस्ती र बजारबाट पोखरातर्फ बसाइ सर्ने क्रम बढ्न थाल्यो । त्यसो त पोखराका बासिन्दाको एउटा राम्रो गुणले पोखराको नागरिक जीवनमा बाहिरका उर्जाशिल र सम्भावना बोकेको व्यक्ति तथा परिवारलाई पोखरामा चलखेल गर्ने र यहाँ योगदान दिनसक्ने वातावरण बनाउनमा बल पु¥यायो । त्यो राम्रो गुण भनेको यहाँको नागरिक जीवनमा बाहिरबाट आएको उर्जाशिल व्यक्तिलाई परचक्री नठान्ने र आफ्नो सामाजिक जीवनमा उसलाई मर्यादापूर्वक अनुसरण गर्ने उच्च सामाजिक प्रवृत्ति थियो, त्यही प्रवृत्तिको सकारात्मक प्रभावस्वरुप पोखराको जनजीवन उदार र सहिष्णु बन्दै गयो र यहाँको शैक्षिक विकासमा टेवा दिन सक्ने व्यक्तित्वको प्रवेश तथा स्थानिय स्रोत परिचालक संस्थाहरुको विकासको संम्भावना बढ्दै गएको मान्न सकिन्छ ।
प्रजातान्त्रिक आन्दोलनताका शैक्षिक जागरणका माध्यमबाट जनचेतना बढाउने र जन सबलिकरण गर्ने अभियानलाई टेवा पु¥याउन सक्ने सम्भावना प्रबल देखेपछि क्रान्तिकारी प्रचारकहरु मुलुकका विभिन्न ठाउँमा शैक्षिक गतिविधि बढाउन प्रयासरत थिए । त्यतिबेलासम्म पोखरामा विन्दवासिनी मन्दिर परिसरमा रहेको भाषा पाठशाला ( वि.सं. १९५८ ) मार्फत देवीरमण पराजुली शिवकुमार रेग्मी, सोमनाथ रेग्मी तथा बन्दीपुरे पण्डितलगायतकाबाट संस्कृत शिक्षाको परम्परागत कर्मकाण्ड शिक्षा अध्यापन गराइन्थ्यो । त्यसको झन्डै ४६ वर्षपछि मुक्तिनाथ शर्माको अगुवाईमा बाटुलेचौरमा आधार शिक्षा पाठशाला सञ्चालनमा आउनुको अलावा सम्पन्न घरानियाँहरुमा पण्डितहरु मार्फत गृहशिक्षाको प्रचलन थियो । यसको अलावा यस क्षेत्रमा सार्वजनिक रुपमा आधुनिक शिक्षा पाठशालाको कमी थियो । जनक्रान्तिको उद्देश्य र प्रजातन्त्रको लक्ष्य लिएर संगठित तथा प्रजातन्त्रका प्रचारकहरु विभिन्न भेषमा पोखरा प्रवेश गरी यहाँको गतिविधिलाई प्रत्यक्ष–परोक्ष बल पु¥याएको पाइन्छ । यो क्रममा ऋषिकेशव पराजुली, प्रेम चैतन्य ब्रह्मचारी र अनागरिका धर्मशीलाको योगदान स्मरणीय छ ।
पोखरामा अंगे्रजी भाषासहित आधुनिक शिक्षाको प्रारम्भ २००६ सालदेखी शुरु भएको मानिन्छ । काठमाडौँदेखि आएका कृष्ण वहादुर श्रेष्ठ र उनका भान्जा रत्नबहादुर श्रेष्ठ ( हाल चितवन ) ले पोखराको तेर्सापट्टीमा गृहशिक्षा चलाउँथे । विद्यार्थीहरुको चाप बढेपछि नदीपुरको नारायणस्थान स्थित भगवती गुठीको पौवामा नियमित कक्षा सञ्चालन हुन थाल्यो र त्यसलाइ  “पोखरा पब्लिक स्कूल” को नामाकरण गरियो । जनसाधारणको सक्रियतामा पोखरामा सञ्चालित यो नै पहिलो पाठशाला थियो । पछि बहुदलिय प्रजातन्त्रको बहाली भएपछि पोखरा पब्लिक स्कूललाई नदीपुरमा सारियो भने २०१३ सालमा नेशनल मल्टिपर्पस हाइस्कूल (राष्ट्रिय बहुउद्देश्यीय मावि) को रुपमा पुरानो टुँडिखेलमा स्थानान्तरण तथा रुपान्तरण गरियो र व्यावसायिक तथा आधुनिक शिक्षाको अध्यापनलाइ बाह्य सहयोग समेत परिचालन गरी अगाडी बढाउन थालियो ।
तिनताका पोखराको व्यापारीक गतिविधि भैरहवा–पोखरा हवाइ मार्गबाट बढी प्रभावित थियो । पछि भरतपुर–पोखरा हवाइ मार्ग खुलेपछि अझ बढी चलखेल बढ्न थाल्यो । हवाइजहाजबाट सामान ढुवानी गरेर ल्याइ यहाँको व्यापारीहरुको व्यापारीक कारोबार सञ्चालन हुने गर्दथ्यो । यही क्रममा धेरैजसो ठूला व्यापारीहरु भैरहवा वा भरतपुरबाट सामान मगाएपछि आफ्नो सामान आइपुग्यो कि भन्दै पोखराको हवाइ मैदान ( जहाज ग्राउण्ड ) मा धाइरहनुपर्ने र दिनभर पर्खेर बस्नुपर्ने तथा पोखराको मौसम बढी वर्षाद हुने भएकाले आफ्नो माल आइपुगे पनि राम्रो जतनसँग गाडामा हालेर नागढुङ्गा हुदै पोखराको पुरानो बजार भैरवटोल, मोहोरियाटोलसम्म ल्याउन निकै कठिनाइ पर्ने गरेको थियो । यही क्रममा पोखराका अगुवा व्यापारीहरुको सक्रियतामा जहाज ग्राउण्ड नागढुङ्गा ( हाल आर्ट ग्यालरी रहेको पुरानो घरं) मा एक गोदाम घर निर्माण गरे र जहाजमा आएका सामान सो गोदाममा सुरक्षित गरिराख्ने र ज–जसको मालसामान आएको हो, त्यो उनीहरुकहाँ गाडाद्धारा पु¥याउने प्रयास हुन थाल्यो । पैदलमार्गबाट मालसामन ल्याउँदा हराउने र चोरी हुने समस्याबाट पीडित भएका व्यापारीहरु हवाइ मैदानछेउ गोदाम घर सञ्चालन गरी मालसामान संरक्षण गर्ने तथा “लोकल” ढुवानी गर्ने प्रयासबाट व्यापारीवर्गले धेरै राहत महसुस गरेका थिए । त्यतिबेला त्यो सेवाबापत व्यापार संघले प्रति पोकाबराबर १०–१५ पैसा शुल्क लिने गर्दथ्यो र सोही सेवा शुल्कको संकलनबाट व्यवस्थापकिय खर्च पूरा गरी स्थानिय विद्यालयहरु सञ्चालन गर्न व्यापार संघले केही आर्थिक सहयोग गर्नसक्ने स्रोत जुटाएको थियो ।
२००७ सालपछि यस क्षेत्रमा प्रशस्त विद्यालयहरु खोल्ने अभियान नै चल्यो । विद्यालय खोलेपछि सञ्चालन र व्यवस्थापन गर्न स्थानीय रुपमा कुनै स्रोतपुर्ण निकाय नै थिएन । आफ्नो सेवा शुल्क संकलन गरेर तत्कालिन पोखरा व्यापार संघले विद्यालय स्थापना र सञ्चालनमा अर्थिक सहयोग गर्न थालेपछि स्थानीयरुपमा व्यापार संघलाइ सबैले दाता निकायको रुपमा हेर्न थाल्यो । साँच्चै नै पोखरा व्यापार संघको स्थापना भएपछि स्थानिय सामाजिक, साँस्कृतिक र शैक्षिक पूर्वाधार विकासमा आर्थिक सहयोग दिन सक्ने गैरसरकारी क्षेत्रमा एउटा सबल संस्थाको रुपमा व्यापार संघको उदय र विकास हुदै गएको देखिन्छ ।
जनस्तरबाट पहल भई नारायणथानको पौवामा सुरु गरिएको पोखरा पब्लिक स्कूल (२००६) लाई पुरानो टुँडिखेलमा स्थानान्तरण गरी अझ बढी साधन र स्रोत जुटाई सरकारी मान्यता प्राप्त र वैदेशिक अनुदानसमेत जुटाई बहुउद्देश्यीय व्यावसायीक शिक्षा दिनसक्ने राष्ट्रिय बहुउद्देश्यीय मा.वि मा रुपान्तरण भयो । नेशनल हाइस्कूललाई व्यावसायीक शिक्षाको नमूना विद्यालय बनाउने सोच अनुरुप तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाका पालामा अमेरिकी सहयोग जुटाएर त्यसको व्यवस्थापन र शिक्षकहरुलाई विदेशी अनुभव आदानप्रदानको अवसरसमेत उपलब्ध गराउने प्रयास भएको थियो । विद्यालयको व्यवस्थित  भवन निर्माण र फर्निसिङ लगायत शिक्षक तालिमका प्रक्रियाहरु थपिएपछि सो हाइस्कूलको नयाँ स्वरुप बनेको थियो ।  त्यतिबेला शिक्षकहरुलाई अमेरिका लैजाने क्रियाकलापमा अमेरिकी निग्रो जातिका डा.व्राइसको सक्रियतालाई उल्लेखनिय मानिन्छ । २०१७ सालको राजनीतिक परिवर्तनसँगै नेशनल हाइस्कूलको बहुउद्देश्यीय व्यावसायीक शिक्षाको प्रयासमा विदेशी सहयोग र राष्ट्रिय संरक्षण फितलो हुँदै गएकाले त्यसको उर्जामय इतिहास ओझेलमा पर्न गएजस्तो हुन पुग्यो । हाल सो विद्यालयमा उच्च माध्यमिक तहसम्मको कक्षा सञ्चालन भइरहेको छ ।
यस्तै भारतिय सेनामा सेवारत सोल्जरहरुको कल्याणकारी कोष मार्फत २०१३ सालमा सञ्चालित सोल्जरबोर्ड अस्पतालसँगै स्थापित सोल्जरबोर्ड हाइस्कूलले पनि पोखराको शैक्षिक विकासको इतिहासमा एउटा इँटा थपेको छ । देहरादुनबाट शिक्षक झिकाएर भए पनि अध्यापन प्रारम्भ गरेको त्यो विद्यालयले गाउँ फर्क राष्ट्रिय अभियानसँगै आफुलाई अमरसिंह माविमा रुपान्तरण गरेको थियो भने हाल उच्च माविसम्मको हैसियतमा पुगेको छ । पोखराको शैक्षिक विकास प्रयासमा यो पनि एक उल्लेखनिय पक्षको रुपमा रहेको छ ।
पोखराको उच्चशिक्षाको इतिहास केलाउँदा पनि नदिपुरस्थित नारायणथानको पौवाको प्रसंग जोड्नुपर्ने हुन्छ । जसरी पहिलो आधुनिक शिक्षाको सार्वजनिक प्रयास नारायणथानको पौवाबाट भएको थियो, त्यसरी उच्च शिक्षाको पहिलो प्रयास पृथ्वीनारायण कलेजको औपचारिक उद्घाटन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायबाट २०१७ मंसीर १७ गते त्यही नारायणथानको पौवामा भएको थियो । यद्यपी पृथ्वीनारायण कलेजको स्थापना र पढाइ सुरु त २०१७ भदौ १७ गते नदीपुरस्थित कन्या प्राविको परिसरमै भएको थियो र हरेक बेलुका ६ बजेबाट मइन्टोल (पेट्रोम्याक्स) को उज्यालोमा देवीरमण शास्त्रीले नेपाली भाषा र प्राचार्य जोर्ज जोनले अंगे्रजी लगायतका विषय पढाउनुहुन्थ्यो । त्यतिबेला तत्कालिन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले कलेज उद्घाटन गर्ने कार्यक्रम बनिरहेको क्रममा एकजना प्रहरी सुरक्षा कर्मीले रात्री कक्षा लिइरहेको शिक्षक तथा विद्यार्थीलाई धम्कीपुर्ण भाषामा झपारेपछि विद्यार्थीहरुले त्यो ठाउँमा नपढ्ने अडान लिए । त्यसपछि नारायणथानको पौवामा आई कलेजको कक्षा सञ्चालन गर्नुपरेको थियो । त्यही आवस्थामा तत्कालिन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले २०१७ मंसिर १७ गते औपचारिक रुपमा पृथ्वीनारायण कलेजको उद्घाटन गरेको थिए । सो स्थानमा झन्डै २ वर्षसम्म सञ्चालन भएपछि २०१८ सालको चैतको पछिल्लो सातामा भीमकालीपाटनको भीमढुंगाभन्दा पश्चिमपट्टी पृथ्वीनारायण कलेजका लागी टहरो निर्माण गरियो र २०१९ साल वैशाख संक्रान्तिबाट भीमकालीपाटनस्थित परिसरमा पृथ्वीनारायण कलेज सञ्चालन हुन थाल्यो ।
यस प्रकारको पृष्ठभूमिबाट विकास भएको पृथ्वीनारायण कलेजसँगैको पोखरेली क्षेत्रको उच्च शिक्षाको लहर आज पश्चिमाञ्चल क्षेत्रको लागी मात्र नभएर नेपाल अधिराज्यकै लागी नमूना र उदाहरणीय बहुमुखी क्याम्पसको रुपमा स्थापित भएको छ भने यसैलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने विषयमा बहस चलिरहेको छ । यस क्रममा पृथ्वीनारायण कलेजका संस्थापक प्रचार्य जोर्ज जोन तथा देवीरमण शास्त्री र पोखराका स्थानिय सामाजिक अगुवा व्यक्तित्वहरुको योगदान उल्लखेनिय मानिन्छ । पृथ्वीनारायण कलेजलाई संचालन गर्न तत्कालिन अवस्थामा आइपरेको आर्थिक गर्जो टार्ने र अड्को–पड्को गर्दा काम चलाउन तत्कालिन पोखरा व्यापार संघ तथा पोखरेली व्यापारीक व्यक्तित्वहरुबाट निरन्तर सहयोग उपलब्ध हुदै आएको थियो भने काठमाडौँ ताहाचलका व्यापारी त्रैलोक्यनाथ श्रेष्ठले व्यावसायीक कारोबारका क्रममा रहँदा पृथ्वीनारायण कलेजको भौतिक पूर्वाधार विकास र प्राज्ञिक गतिशीलतामा व्यापक तीव्रता ल्याउन सक्रिय योगदान पु¥याएको देखिन्छ । भनिन्छ, पृथ्वीनारायण कलेजको भौतिक खाँचो टार्न जोर्ज जोन र त्रैलोक्यनाथ श्रेष्ठबीचमा अघोषित प्रतिस्पर्धा चल्ने गर्दथ्यो । कलेजलाई कसले वैकल्पिक स्रोतसहित दिगो विकासमा टेवा पु¥याउने भन्ने सकारात्मक होडबाजीले गर्दा राष्ट्रिय र विदेशी स्रोत जुटाइ फलामका फर्निचर झिकाउनमा जोर्ज जोनको प्रखर भूमिका रहेको थियो भने स्थानीय व्यापारीहरुलाई प्रेरित गरी आ–आफ्नो सौजन्यतामा एक एकवटा काठको फर्निचर उपलब्ध गराउनमा त्रैलोक्यनाथ श्रेष्ठको सक्रियता रहेको कुरा तत्कालीन विद्यार्थीहरु बताउँछन् ।
पृथ्वीनारायण कलेजमा विद्यार्थीहरुको चाप बढ्दै गएपछि र बहुमुखी क्याम्पसको रुपमा विकसित भइ ५ वटा संकाय सञ्चालनको अवस्थामा पुगेपछि पोखरामा उच्च शिक्षाको चाहना र दबाब बढ्दै गएको महसुस गरी यस क्षेत्रमा शैक्षिक विकासका लागी काठमाडौँ केन्द्रित विश्वविद्यालयको आंगिक क्याम्पसभन्दा यही नै दोश्रो विश्वविद्यालयको खाँचो औँल्याउन थालियो । यही सोचबाट अभिप्रेरित भई २०४३ सालको असार ४ गते पोखराका शिक्षाविद्, बुद्धिजिवी, सामाजिक कार्यकर्ता, व्यापारी एवं उद्योगपतिहरुमध्ये ४८ जना व्यक्तित्वको सहभागितामा एक छलफल आयोजना गरी पोखरा उद्योग वाणिज्य संघको तत्कालीन अध्यक्ष रामचन्द्र बाँस्तोलाको संयोजकत्वमा १११ सदस्यीय मूल समिति गठन गरिएको थियो भने दैनिक कार्य सञ्चालनका लागी १६ सदस्यीय स्थायी समिति गठन गरिएको थियो । साथै प्रस्तावित विश्वविद्यालयका लागी गठन तत्कालिन शिशुवा आर्दश गाउँ पञ्चायतमा २७०० रोपनी जग्गा छुट्याइयो भने सघंले झन्डै २ करोड रुपैयाँ उठाएर जम्मा गर्ने स्किम पेस ग¥यो । सो बेला २७०० रोपनी जग्गा उपलब्ध गराउनमा तत्कालिन शिशुवा आदर्श गाउँ पञ्चायतका प्रधानपञ्च भविश्वर गुरुङ तथा पछि प्रधानपञ्च हुनुभएका चक्रपाणि पौडेलको योगदान उल्लखनीय तथा अविस्मरणिय रहेको छ । यस क्षेत्रमा नयाँ विश्वविद्यालय स्थापनाको प्रसंगलाइ विभिन्न तह र निकायबाट पहल गर्नुका साथै पश्चिमाञ्चल क्षेत्रको शैक्षिक तथा औद्योगिक प्रतिष्ठान र संस्थाहरुमा पोखरामा विश्वविद्यालय स्थापनामा सम्मति जुटाउनमा निरन्तर लबिङ भई नै रह्यो र झन्डै १० वर्षसम्मका संघर्षका चरणहरुपछि २०५३ सालमा पोखरा विश्वविद्यालय गठन गर्ने विधेयक प्रतिनिधिसभामा पास गरेर कार्यान्वयनमा आयो । हालैमात्र पोखरा विश्वविद्यालयले सातौँ प्राज्ञिक सभा सम्पन्न गरेको छ भने हालसम्म पोखरा विश्वविद्यालय अन्र्तगत पोखरामा मात्रै  ६ वटा शैक्षिक कार्यक्रमहरुलाई आंगिकता तथा सम्बन्धन प्रदान गरी प्राविधिक शिक्षा कार्यक्रमहरुलाई जोड दिइएको छ ।
पोखराको शैक्षिक विकास प्रयासको क्रममा सरकारी र सामूहिक प्रयासहरुका साथसाथै निजि प्रयासमा पनि विद्यालय तथा कलेज स्थापना भएको छ । मिति २०३५ साल चैत १ गते माउन्ट अन्नपूर्ण नर्सरी स्कूल तथा २०४८ साल पुस १७ मा माउन्ट अन्नपुर्ण क्याम्पस पहिलो पटक निजि स्वामित्वमा सञ्चालन हुन थालेका हुन् । नेपाल जेसीजका जुझारु युवाहरुको शैक्षिक क्षेत्रमा नमूनाको प्रस्तुति दिने सोच विकास गरी निजी स्तरमा स्कूल सञ्चालन गर्ने सोच अगाडी ल्याए पनि आन्तरिक योजना र व्यवस्थापनको क्रममा नेपाल जेसीजले लामो र अविच्छिन परियोजनामा लाग्ने उद्देश्य नभएकोले सोही सोच विकासमा संलग्न कुनै व्यक्तित्वको निजीरुपमा स्थापना र सञ्चालन गर्न सक्ने धारण बनाएपछि सो परियोजनाका प्रस्तावक नेपाल जेसीजका पूर्व अध्यक्ष तथा प्रशिक्षक विकलप्रसाद शेरचनले पहिलोपटक माउन्ट अन्नपूर्ण स्कूल र क्याम्पस स्थापना गरी सञ्चालनमा ल्याएदेखी निजीरुपमा कलेज स्तरको पढाइको सूत्रपात भएको पाइन्छ । निजी शैक्षिक प्रतिष्ठानको इतिहास प्रारम्भ विकल शेरचनबाट भएको पाइन्छ ।
शैक्षिक विकासका लागी नागरिकहरुको चेतना तथा स्वतन्त्रताको अवसर विकासले सकारात्मक प्रभाव पारेको पाइन्छ । बहुदलिय व्यवस्था स्थापनाको पहिलो दशकमा नेपालमा विद्यालय स्थापना र सञ्चालनको लहर नै आएको थियो । २०४६ सालमा बहुदलिय प्रजातन्त्र पुनस्र्थापनाको क्रमसँगै निजि स्तरमा विद्यालय र उच्च माध्यमिक विद्यालयको व्यवस्थासँगै स्थानीय स्रोतमा उच्च माध्यमिक विद्यालय सञ्चालनको लहर नै चलेको छ । हाल जिल्लामा करिब ३३८ प्राथमिक विद्यालय, ७४ वटा निमावि तथा १४७ वटा माविहरुका अलावा ३३ वटा उच्च मावि समेत सञ्चालित छन् । जिल्ला शिक्षा कार्यालय कास्कीको आँकडा अनुसार २०६० सालसम्ममा विद्यालयस्तरमा झन्डै ३४७५ जना शिक्षक र २१५५ जना महिला शिक्षिका गरी ५६३० जना शिक्षक क्रियाशिल रहेको देखिन्छ । सरकारको परिवर्तित नयाँ रणनीति अनुसार विद्यालय व्यवस्थापन समुदायलाई हस्तान्तरण गर्ने क्रम एकातिर बढिरहेको छ भने निजि रुपमा सञ्चालित विद्यालयहरु शैक्षिक प्रतिष्ठान (कम्पनी) मा रुपान्तरण भई संस्थागत रुपमा सञ्चालन क्रम पनि बढिरहेको छ । विद्यालयको आँकडलाई हेर्ने हो भने जिल्लामा करिव ४२६ वटा सामुदायिक विद्यालय छन् भने १४८ वटा संस्थागत विद्यालय सञ्चालित छन् । पोखराको विद्यालय स्तरको शिक्षाको विकासमा प्रधानाध्यापक श्यामप्रसाद पन्तको तथा उच्च शिक्षा विकासमा प्रचार्य जोर्ज जोनको भूमिका उल्लखेनिय रहेको छ भने संस्थागतरुपमा पोखरा उद्योग वाणिज्य संघको योगदान महत्वपुर्ण छ ।
उच्चशिक्षाको क्षेत्रमा आएको परिवर्तनको लहरलाई हेर्दा हाल पोखरामा उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी ३३ वटा उच्च मावि सञ्चालित भएका छन् । वि.सं. २०४८ को शैक्षिक सत्रदेखी गण्डकी आवासीय बोर्डिङ स्कूल लामाचौरले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन प्राप्त गरी उच्च माविका कक्षाहरु सञ्चालनको प्रारम्भ ग¥यो । यसभन्दा अगाडी पनि सो विद्यालयले विदेशी स्तरको अध्यापनका नाममा “ए” र “ओ” लेभलका कक्षाहरु चलाउने गर्दथ्यो । गण्डकी उच्च मावि लामाचौरबाट प्रारम्भ भएको १०+२ को पढाइ ३३ वटा सरकारी तथा निजि तवरमा सञ्चालित उच्च माविहरुमा विस्तार भएको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतका आंगिक कलेजहरु ४ वटा छन्, जसअन्र्तगत पृथ्वीनारायण वहुमुखी क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, वन विज्ञान क्याम्पस छन् भने अरु सम्बन्धन प्राप्त निजि तथा महाविद्यालय र माछापुच्छे्र शिक्षा क्याम्पस छन् भने अरु सम्बन्धन प्राप्त निजि तथा सामुदायिक कलेजहरु पनि सञ्चालनमा छन् । जसअनुसार जनप्रिय, कालिका, कन्या र पोखरा बहुमुखी क्याम्पस यतका शिक्षा महाविद्यालय र माछापुच्छे्र शिक्षा क्याम्पस सञ्चालनमा छन् । महेन्द्र संस्कृत विश्वविद्यालय अन्र्तगत एउटा आंगिक संस्कृत क्याम्पस तथा एउटा सम्बन्धन प्राप्त निखिल आयुर्वेदिक कलेज सञ्चालित छ । त्यस्तै पोखरा विश्वविद्यालयको विश्वविद्यालय क्याम्पस (केन्द्रीय विभाग) समेत पोखरामै सञ्चालित छ भने यसको सम्बन्धमा विभिन्न ५ वटा प्राविधिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । जसअनुसार गण्डकी कलेज अफ साइन्सेज, होटल म्यानेजमेन्ट कलेज, पोखरा कलेज अफ टेक्नोलोजी, पोखरा इञ्जिनियरिङ कलेज, पोखरा कलेज अफ म्यानेजमेन्टहरु रहेको छन् ।
यस्तै काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा मणिपाल शिक्षण अस्पतालले नर्सिङ तथा चिकित्साशास्त्रीहरु उत्पादन गरिरेहेको छ । हाल पोखरा क्षेत्रमा विद्यार्थीहरुको आँकडालाई तहगत रुपमा र संस्थागत रुपमा केलाउने हो भने निम्नानुसार तालिकामा प्रस्तुत गर्न सकिन्छ ।
तालिका नं. १– कास्की जिल्ला स्थित शिक्षण संस्थामा अध्ययनमा संलग्न विद्यार्थीको आँकडा–२०६०
तह,    पूर्व प्रा.वि,    १–५कक्षा,    ६–८ कक्षा,    ९–१०कक्षा,    उच्चमावि
१०+२,    प्रमाण पत्र तह,    स्नातक तह,    स्नातकोत्तर तह,    कूल,
विद्यालय ,    १४७९१,    ७४४७५,    २९३९२,    १३४९५,    –    –    –    –    १३२१५३,
उच्च मावि,    –    –    –    –    ९३२१,    –    –    –    ९३२१,
त्रि.वि.वि अन्र्तगत,    –    –    –    –    –    ७१११,    ५५६४,    ११६४,    १३८३९,
पो.वि.वि अन्र्तगत,    –    –    –    –    –    –    ६४७,    ३४,    ६८१,
म.स.वि.वि अन्र्तगत,    –    –    –    –    –    १००,    ५३,    –    १५३,
का.वि.वि अन्र्तगत,    –    –    –    –    –    १२०,    १५०,    –    २७०,
जम्मा,     १४७९१,    ७४४७५,    २९३९२,    १३४९५,    ९३२१,    ७३३१,    ६४१४,    ११९८,    १५६४१७,

स्रोत :    १.कास्की जिल्लाको शैक्षिक विवरण–२०६०, जि.शि.का कास्की
२.पोखरास्थित त्रि.वि आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको विद्यार्थी अभिलेख, २०६०
३.पोखरा विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको विद्यार्थी अभिलेख, २०६०
४.म.स.वि अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको विद्यार्थी अभिलेख, २०६०
५.का.वि.वि अन्र्तगतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुको विद्यार्थी अभिलेख, २०६०
६.उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरको अभिलेख, २०६०
यसरी पचास वर्षपहिलेको पोखराको तुलनामा पोखरा शैक्षिक क्रियाकलापको सघन बस्तीको रुपमा रुपान्तरण हुँदैछ । हालसम्म देशमा सञ्चालित ५ वटा विश्वविद्यालयमध्ये ४ वटा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका कार्यक्रमहरु यो जिल्लामा सञ्चालित छन् र २०६० सालको आँकडालाई मात्र हेर्ने हो भने सो वर्षमा यस जिल्लामा १ लाख ५६ हजार ४ सय १७ जना विद्यार्थी विभिन्न तहमा अध्ययन गरिरहेको तथ्यांक तालिका नं. १ ले प्रष्ट पारेको छ । राज्यव्यवस्था खुकुलो अभ्याससँगै निजि प्रतिष्ठानहरुको पनि शैक्षिक क्रियाकलापहरुमा योगदान दिने अभ्यास चलिरहेको छ । निकै निजि तथा संस्थागत प्रतिष्ठानहरुको प्राविधिक साक्षरता बढाउनका लागी पनि संस्थाहरु सञ्चालन गरेका छन् । यस्ता संस्थाहरुमा विदेशी भाषा तथा शिक्षण, कम्यूटर शिक्षण, मेकानिकल शिक्षणदेखी वैदेशिक शिक्षाका लागि परामर्श केन्द्रहरु पनि सञ्चालनमा रहेको पाइन्छ । जति–जति पोखरा उपत्यका सहरीकरण तर्फ बढिरहेको छ उति नै जसो यहाँको शैक्षिक विकासको गति सघन रुपमा अगाडी बढेको छ ।
पोखराको शैक्षिक विकासको क्रमलाई विश्लेषण गर्दा हाल यहाँ तीन प्रकारका मोड देखापरेको छ । एकातिर सरकारी विद्यालयको विकल्पको रुपमा परीक्षागत नतिजाको उचाइ लिने निजि क्षेत्रका विद्यालयहरुको स्थापना र शैक्षिक क्रियाकलापमा चलखेलको मात्रा विस्तारित भएको छ भने सरकारी विद्यालयको व्यवस्थापन र गुणस्तरियको विषयमा निकै नै चिन्ता उठिरहेको छ । अर्कोतिर माओवादी जनयुद्धको नाममा विकसित भइरहेको अखिल (क्रान्तिकारी) को दबाबमूलक अभियानको उचाइ र विपन्नका लागी सर्वसुलभ शिक्षा र त्यसमा पनि राज्यव्यवस्थाको लगानीका सरोकारका कुराहरु पनि अगाडी आइरहेका छन् । निश्चय नै सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्कने क्रम नसुधार्ने हो भने शिक्षित जनशक्तिको गुणात्मक तह वर्गीयतामा रुपान्तरण भई विषम रुप लिन सक्छ । यसर्थ सरकारी विद्यालयको व्यवस्थापकिय र गुणात्मकको पक्षमा दिगो र जनमूखि व्यवस्थापन गर्नु जरुरी छ भने निजि क्षेत्रको सक्रियतामा भइरहेको शैक्षिक योगदानका क्रियाकलापहरुलाई पनि संरक्षण गर्नु जरुरी छ । यसका साथै विद्यार्थी संगठनले दबाबमूलक रुपमा उठिरहेका सर्वसाधारणका लागी सर्वसुलभ गुणस्तरिय उच्चशिक्षाको मागलाई पनि नकार्नु हुँदैन । पोखराको शैक्षिक सत्रमा अध्ययनरत हुने यो ठाउँ नेपालको शैक्षिक राजधानिको सम्भावना बोकेर वसेको छ । पोखराको भू–वनोट र यहाँको हावापानीले विश्वकै नागरिकहरुलाई लोभ्याइरहेको छ । यहाँका शैक्षिक चुनौतिहरुलाई सम्भावनाको ढोकाको रुपमा लिएर अग्रगामी दीर्घकालिन शैक्षिक योजना निर्माण गर्ने पोखरावासी तथा पोखराप्रेमीहरु लगिपर्ने हो भने पोखरालाई नेपालको शैक्षिक राजधानीमात्र नभई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रको रुपमा विकास गर्न सकिने उज्यालो सम्भावना देखापरेको छ ।
सरकारी विद्यालयको फितलो व्यवस्थापन र गुणस्तरियमा दुर्बलताको मूल कारक तत्व भनेको जन अनुगमन र स्रोत व्यवस्थापनमा जनसहभागिताको अभाव विद्यमान रहनाले हो । ती विद्यालयहरुमा स्थानगत जनसमुदायकै सहभागिता प्रवद्र्धन गरेर व्यवस्थापन तथा अनुगमनको अभ्यास गर्ने हो भने त्यहाँ सबलताका सकारात्मक लक्षणहरु पहिलो वर्षबाटै देखिन थाल्नेछन् । त्यसैले समुदायको सक्रिय व्यवस्थापकीय नेतृत्वमा सामुदायिक विद्यालय सञ्चालनको प्रयास र त्यसमा राज्यपक्षको रचनात्मक दिगो सहयोगको वातावरण निर्माण गर्न सकिएमा जनस्तरको शैक्षिक स्तरलाइ उकास्नमा बल मिल्नेछ भने अखिल क्रान्तिकारीलगायतका दबाब समुहहरुको रचनात्मक मागको उचित निकास हुनसक्छ । यतिबेला सामुदायिक विद्यालयहरुलाई स्रोत–साधनले समयानुकूल सबल तुल्याउन समुदाय तथा सरकारी र गैरसरकारी निकायहरु इमान्दार र प्रतिवद्ध हुनु जरुरी छ । त्यसैले निजी क्षेत्रको लगानीमा सञ्चालित शैक्षिक प्रतिष्ठानहरुलाई हतोत्साहित नगरी उनीहरुलाई संस्थागत प्रतिष्ठानमा रुपान्तरण गरी अन्यत्रका तुलनामा प्रतिस्पर्धी बनाई यहाँको शैक्षिक स्थानान्तरणलाई घटाउन र अझ निगमन गर्ने संयन्त्रको निर्माण गरी जनउत्तरदायी बनाउन पहल गर्नुपर्ने देखिन्छ । किनकि निजी रुपमा आएको शैक्षिक जागरणको लहरलाई रोकेर होइन, बरु बोकेर विकासको मूलभारमा नआइपुगेको पक्षहरुलाई समाहीकरणको अवसर तर्फ रुपान्तरण गरिनु उपयुक्त हुन्छ ।त्यस्तै अर्को महत्वपुर्ण प्रसंग पोखरालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न अब स्थानिय विद्यार्थीहरुले चाहेको विद्या र विशेषज्ञताका लागी पोखराबाहिर तथा देशबाहिर जाने क्रमलाई घटाउन उच्च शिक्षा र प्राविधिक शिक्षामा स्थानीय, राष्ट्रिय पुँजीपतिहरुलाइ मात्र नभई अन्तर्राष्ट्रिय पुँजीपतिहरुलाई पनि यहाँ शैक्षिक क्रियाकलापमा लगानीको अवसर दिइनुपर्छ र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको प्राविधिक तथा वैज्ञानिक शिक्षाको अवसर जुटाइ अझ विद्यार्थीको आकर्षण बढाइनु जरुरी भएको छ ।
पोखराको सौन्दर्यसँग सामिप्यता राख्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउने हो भने एसियालीमात्र होइन, यूरोपेली विद्यार्थीहरु पनि अल्पकालिन र आवधिक शैक्षिक कार्यक्रममा भाग लिने क्रममा पोखरा आउन उत्साहित हुनेछन । यसले नेपाली विद्यार्थीहरुको वैदेशिक डलर खर्चको क्रमलाई रोक्ने मात्र नभई अन्तर्राष्ट्रिय विद्यार्थीहरुबाट डलर नेपाल भित्र्याउन बल पुग्नुको साथै यहाँको पर्यटकिय विकास तथा प्राज्ञिक अनुसन्धानको सम्भावनालाई मूर्तता दिनेछ । पोखराको शैक्षिक भविष्यसँगै यी चुनौतिपुर्ण सम्भावनाहरु लुकेका छन् र यसलाई कार्यरुपमा उतार्नका लागी पोखरेली विकासका सझेदार तथा सरोकार पक्षहरुले समग्र पोखराको दीर्घकालिन शैक्षिक विकासको योजना तर्जुमा गर्न जुट्नुपर्ने बेला भइसकेको छ । यहाँको प्राकृतिक तथा सामाजिक विविधता यहाँको सम्पदा हो र यसलाई योजनाबद्ध रुपमा व्यवस्थापन गर्न सकियो भने नेपालकै मात्र नभएर विश्व समाजको सरोकारको सञ्जालको रुपमा रुपान्तरण गर्नसक्ने सम्भावना बोकेको छ । यो सम्भावनालाई मूर्तता दिन हामी अरुको मुख नताकौ, पहिले हामीबाटै शूरु गरौँ, हाम्रो लक्ष्यका लागी सबल पक्ष र जोखिमपूर्ण कमजोर पक्षको विश्लेषणसहित सम्पदाको परिचालन र जोखिम न्यूनिकरणका लागी तार्किक ढाँचामा जनसहभागिता सहित दीर्घकालिन शैक्षिक विकास योजनाको निर्माणका लागी गृहकार्यमा जुटौँ । पोखरालाई नमूनाको सहरमा रुपान्तरण गर्न आजैबाट, अहिल्यैबाट सकारात्मक उर्जासहित प्रतिवद्ध भएर उठाँै ।
सन्र्दभ स्रोतहरु
–    क्षेत्री, सूर्य (२०५७) : पोखरा सार्वजनिक पुस्तकालय : एक चिनारी, जनप्राज्ञमञ्च वर्ष , अंक १, पोखरा
–    गुभाजू, तिलकमान (२०३६), पोखरा उद्योग वाणिज्य संघ : हिजो र आज, रजत स्मारिका, पोउवासंघ, पोखरा
–    सरोकार व्यक्तित्वसँग वैयक्तिक अन्तरक्रिया, २०६१

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *